Jilla Ban Notis

जगन्नाथ माध्यमिक बिद्यालय सुनवल १२ भुमहीमा  बिद्याथीहरु आन्दोलित 

0 55

उर्मिला यादव

सुनवल,१२ मंसिर
सुनवल १२ भुमहीमा रहेको जगन्नाथ माध्यमिक बिद्यालयका शिक्षकहरुलाइ सरुवा गरी अन्य बिद्यालयका पठाउन लागिएको बिरोधमा बिद्यालयका बिद्याथीहरु आज बिहीबार आन्दोलित भएका छन । जगन्नाथ माध्यमिक बिद्यालय सुनवल १२ भुमहीमा अध्ययनरत कक्षा एक देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुले बिद्यालयका तीन जना शिक्षकलाइ एकै पटक बिद्यालय ब्यवस्थापन समितीको अध्यक्षको पहलमा एकलौटी रुपमा सरुवा गराउन लागेको आन्दोलित बिद्यार्थीहरुले आरोप लगाएका छन । आन्दोलित विद्यार्थीहरुले आज शिक्षकहरुको सरुवा फिर्ताको माग राख्दै बिद्यालय देखि रयाली निकाल्दै भुमही चोकमा विरोध र्याली समेत गरेका थिए भने झण्डै २ घण्टा विद्यालयको सम्पुर्ण पठनपाठनमा अवरोध पुगेको थियो । आन्दोलनको नेतृत्व गरिरहेका सोही विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा विद्यालय बाल क्लब संस्थाका अध्यक्ष अमरनाथ काहारले आफुहरुको माग पुरा नभएसम्म विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने वताउनु भएको छ । जब सम्म आफुहरुको माग पुरा हुँदैन तब सम्म आफुहरु पछाडी हट्दैनौ उहा भन्नु भयो भोलि विद्यालयबाट नगरपालिका सम्म विरोध जुलुस सहितका कार्यक्रमहरु लिएर जाने समेत उहाले जानकारी दिनु भएको छ ।
काहारले आफुहरुको माग पुरा नभए शुक्रबारबाट विद्यालयको सम्पूर्ण पठनपाठनलाई समेत ठप्प पार्ने चेतावनी दिनु भएको छ । जगन्नाथ माविका प्रध्यानाध्यापक ऋषिराम भण्डारी, चन्द्रकान्त पाण्डे र तिर्थराज उपाध्यायलाई केहि दिन अघी मात्रै नगरपालीकाको शिक्षा विभागले सरुवा गरिएको भनि सुचना पठाएको थियो । विद्यालयका प्रध्यानाध्यापक ऋषिराम भण्डारीलाई सुनवल १३ बडेरामा रहेको धान्याञ्चल मावि, शिक्षक चन्द्रकान्त पाण्डेलाई सुनवल ११ केरावानीमा रहेको बाबाबर्दगोरिया प्राबि र अर्का शिक्षक तिर्थराज उपाध्यायलाई सुनवल १२ फरौली स्थित जयदुर्गे प्राविमा सरुवा गर्न लागिएको हो । विद्यालयका प्रध्यानाध्यापक भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्रीले आफु अध्यक्ष भएपछि पटक पटक आफुलाई सरुवा गराएरै छाड्छु भनी धम्काउने गरेको बताउनु भएको छ । उहाले अध्यक्षले बिद्यालयका शिक्षकहरु प्रति जहिले पनि दुब्र्यवहार र अपमान गर्ने गरेको गुनासो गर्नु भएको छ । उहाले बिद्यालयले सरुवा गरेको भए पनि शैक्षिक सत्रको अन्त्यमा गरेको भए झन राम्रो हुने बताउनु भएको छ । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्रीले शिक्षकहरुको सरुवा स्थानिय सरकारको शिक्षा मापदण्ड अनुसार नगरपालिकाको शिक्षा विभागले गरेको बताउनु भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको काम शिक्षकको सरुवा गराउने नभएर विद्यालयबाट सरुवा हुनेको रमाना दिने र सरुवा भैई आउनेलाई हाजिरी गराउने रहेको क्षेत्रीले बताउनु भएको छ । स्थानिय सरकारले शिक्षकको सरुवा गरेको बताउदै जगन्नाथ माबि मा पनि तिन जना शिक्षकको सरुवा हुने पत्र आएको र उहाहरुको सरुवा हुने क्रममा बिद्यालयका शिक्षकले बाल क्लबहरुलाइ आफनो पक्षमा बोल्न लगाएको बताउनु भएको छ । शिक्षक सरुवामा ब्यवस्थापन समितीको हात रहेको भन्दै बिद्यार्थीहरुलाइ शिक्षकहरुले उक्साएको अध्यक्षले आरोप लगाउनु भएको छ । अध्यक्षले आफु पनि सोही बिद्यालयको बिद्याथी , र शिक्षक भएको बताउदै अहिले अध्यक्ष भैसक्दा शिक्षकहरुलाइ दुब्र्यहार गर्नु भन्दा पनि आफनो पदिय दायित्वको जिम्मेवारी र भुमिका निवार्ह मात्र गरेको बताउनु भएको छ । अध्यक्ष क्षेत्रीले शिक्षक सरुवा स्थानिय सरकारले गरेकोले बिद्यार्थीहरुले यसको बिरोध गर्नु उचित नभएको समेत बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.