Bardaghat Na pa

असहज परिस्थितिका कारण केहि समय सम्मका लागि नवलपरासीमा पत्रिकाको प्रकाशन बन्द ।

100
बर्दघाट,चैत्र–१२
विश्वभर फैलिरहेको कोरोना संक्रमणको कारण उतपन्न असहज परिस्थितिका कारण पत्रपत्रिका प्रकाशन र वितरणमा समस्या भएको भन्दै पश्चिम नवलपरासीबाट प्रकासित हुने ४ बटा साप्ताहिकले आफ्नो प्रकासन केहि समयका लागि बन्द गर्ने भएका छन् । जिल्लामा रहेका परासीपत्र साप्ताहिक, स्थानिय पत्र साप्ताहिक, सुस्ता सन्देश साप्ताहिक र दौतरी खबर साप्ताहिकका संचालकहरुको आज बसेको बैठकले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थिति सहज नहुँदा सम्मका लागि प्रकासन गनर्ने निर्णय गरेको हो ।
पत्रपत्रिकाको प्रकासन बन्द हुँदा त्यको असर प्रत्यक्षरुमा पत्रिकाको बर्गिकरणमा पर्ने भन्दै पत्रकार महासंघ मार्फत प्रेस काउन्सीलको ध्यान आकर्षण गराई प्रेस काउन्सिलले तोकेको अंक सम्बन्धी मापदण्डबारे पुनरविचार गर्न आग्रह गर्ने समेत बैठकमा निर्णय भएको छ । बैठकले समाचार संकलनमा खट्ने पत्रकारहरुलाई आफु सुरक्षित भएर काम गर्न आग्रह गरेको छ ।  बैठकमा परासी पत्रका हरि शर्मा, केशव पराजुली, स्थानिय पत्रका रविलाल पाण्डे, सुस्ता सन्देशका उमाकान्त गिरी र दौतरी खबरका नारायण भण्डारीको उपस्थिति रहेको थियो ।