sunwal

रास्वपा लुम्बिनी प्रदेश सदस्य प्रभा ज्ञवालीले अश्लील गालीमा दिइन धम्की

1,034

बर्दघाट,भदौ–१६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सदस्य प्रभा ज्ञवालीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई लिएर चौतर्फी आलोचना भैरहेका बेला ईनबक्समा ब्यक्तिलाई अश्लील गाली गर्न थालेपछि थप विवादमा तानिएकी छन ।
एक विवादास्पद स्टाटसलाई लिएर चौतर्फी आलोचना भएकै समयमा फेरी उनले नवलपरासीकै युवा करीम खानलाई आफु लक्षीत स्टाटस हालेको भन्दै ईनबक्समाअश्लील गाली गरेको टेक्स यतिवेला सामाजिक संजालमा भाइरल भएको छ ।


मुलुक विपद्को घडीमा रहेका बेला राश्वपा नेत्रि ज्ञवालीले बाढीमा ज्यान गुमाएका नागरिक तथा शोकमा रहेका परिवारप्रति संवेदनशील हुनुपर्ने समयमा गलत स्टाटस पोष्ट गर्ने र सामाजिक संजालमा नै आएका टिप्पणी तथा अरुका स्टाटसहरुलाई लिएरआपत्तिजनक अश्लील गाली गजोलको शैलिमा आफुलाई इनबक्समा धम्काएको भन्दै करीम खानले उक्त कुरा आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन ।

ज्ञवालीले आफ्नो फेसबुकमा लेखेकी थिइन्, “सरकार,लाश नगाडम भो १ सबै नेपालीको घरमा १/१ वटा पठाइदिनु फृजमा राख्छ्म । अझ गाडिस् भनेर बुरुक बुरुक उफ्रिनेकोमा २ वटा पठाइदिम ।” उनको यो स्टाटस सामाजिक संजालमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको आलोचना तीव्र बनेको थियो । आलोचना बढ्दै गएपछि ज्ञवालीले स्टाटस हटाएकी छन् ।


नवलपरासीको सदरमुकाम परासीमा बसोबास गर्दै आएकी ज्ञवालीको यो स्टाटस काण्डसँगै ब्यक्तिलाई अश्लील गाली गरेको टेक्स म्यासेजले उनको राजनितक यात्रामा मात्र हैन ब्यीक्तत्वमा समेत प्रश्न उठेको छ ।

यता
राजनीतिक दल तथा नेताहरूका गैर जिम्मेवार तथा अपुस्ट अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा व्यापक बहस भइरहेका बेला पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको दिब्यज्योती मा.बि. चिसापानीसंग जोडेर आएको बिमला सापकोटा आईडीको कमेन्टले समेत यतिवेला सामाजिक सञ्जाल तातेको छ । दिपक शर्मा मध्येविन्दु नामको आइडीबाट दिब्यज्योती मा.बि. चिसापानीकी शिक्षीका बिमला सापकोटा भएको भन्दै लेखेको छ तर दिब्यज्योती मा.बि. चिसापानीले भने उनलाई नचिनेको भन्दै यस्ता गलत सुचना प्रवाह नगर्न आग्रह गरेको छ । आफ्नो आग्रह नमानेमा कानुनी कार्वाहि गर्ने समेत विद्यालयले आफ्नो सामाजिक संजालको पेज मार्फत सुचना जाहेर गरेको छ ।