sunwal

गरिब तथा जेहेन्दार बिद्यायार्थीहरुलाई शैक्षिक सामग्री वितरण

671

आरती राना
बर्दघाट,बैशाख–२४
बर्दघाट नगरपालिका वडा नं. २,चिसापानीमा मुख्य कार्यालय रहेको हाम्रो सुपर साकोसले गरिब तथा जेहेन्दार बिद्यायार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सस्थाले शैक्षिक अभिभाबक्त्व ग्रहण गरेका १० जना विद्यार्थीहरुलाई कार्यालयमा बोलाएर एक कार्यक्रमका विच उक्त शैक्षिक सामग्री वितरण गरेको हो ।

हाम्रो सुपर साकोसमा सदस्य रहेका शेयर सदस्यहरु मध्येका गरिब तथा जेहेन्दार बिद्यायार्थीहरुलाई संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर प्रत्येक वर्ष अभिभाबक्त्व ग्रहण गरेका विधार्थीहरुलाई मात्र शैक्षिक सामग्री वितरण गरीएको संस्थाका कोषाध्यक्ष रुक्मागत पाण्डेले बताउनु भएको छ ।
उज्ज्वल भविष्य बनाउने उद्देश्य राखी, खडा गरेको सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषबाट  शिक्षाको लागि अभिभाबक्त्व ग्रहण कार्यक्रमू अन्तर्गत शैक्षिक सत्र २०८३ को लागि प्रति बिधार्थी चार हजार रुपयैयाका दरले शैक्षिक सामग्री वितरण गरीएको संस्थाका ब्यवस्थापक विष्णु वस्नेतले बताउनु भएको छ ।