Bardaghat Na pa

नव निर्वाचीत कार्यसमितिको सफथ ग्रहण तथा पद हस्तान्त्रण कार्यक्रम सम्पन्न

644

कृष्ण ढकाल
वैशाख २२
उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिको नव निर्वाचीत कार्यसमितिको सफथ ग्रहण तथा पद हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्ष र बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समितिको केन्द्रिय सचिब सरस्वती शर्माले सफथ ग्रहण गराउनु भएको थियो ।
सो अवसरमा बोल्दै नगर उप प्रमुख उपाध्यायले उपभोक्ता शिक्षा प्रदान गर्ने क्षेत्रमा बर्दघाट नगर नेपालमा नै सबै भन्दा उत्कृष्ट रहेकाले आगामि दिनमा निरन्तरता दिनका लागि सबै संग आग्रह गर्नु भएको थियो ।
विगतका कामहरुको सिकाइलाई आत्मसाथ गर्दै अझबढी कार्यगर्नमा निर्वाचीत समिति सक्रिय रहनेमा आफु विस्वस्त रहेको उपप्रमुख उपाध्यायको भनाई रहेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिका उपाध्यक्ष धनमाया गिरीको स्वागत तथा सचिव कुस्माकर ढकालको सञ्चालन रहेको कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालकी केन्द्रिय सचिव सरस्वती शर्माले बर्दघाट नगर समितीले गरेका कार्यहरु र त्यसको परिणामहरुका वारेमा केन्द्रिय समितिमा चर्चा हुने गरेको भन्दै जिल्लाले समेत ईज्जत प्राप्त गरेको बताउनु भएको थियो । उहाँले बर्दघाटको सिकाईलाई नेपालका अन्य स्थानहरुमा समेत लैजान सकिने गरी अझै राम्रो कामहरु गर्न जरुरी रहेकोमा जोड दिनु भयो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिको नव निर्वाचीत समितिको अध्यक्षमा धनमाया गीरी,उपाध्यक्षमा रामु भुषाल,सचिवमा डोरबहादुर क्षेत्री (दिलिप) र कोषाध्यक्षमा माधब अधिकारी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा खेमराज सापकोटा, चन्द्रकला आले ,दिपप्रकाश लोहनी,रामप्रसाद पौडेल र लक्ष्मी बर्ताैला रहनु भएको छ ।