Bardaghat Na pa

माघ १३ गते देखि “ प्रथम बर्दघाट एक्सपो–२०८२” सञ्चालन हुने

586

सुनयना चौधरी
बर्दघाट,पौष–२१
“स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार” भन्ने मुलनाराका साथ “ प्रथम बर्दघाट एक्सपो–२०८२” सञ्चालन हुने भएको छ ।
बर्दघाट–४,हरियालि नगरमा माघ १३ गते देखि २५ गते सम्म सञ्चालन हुने “प्रथम बर्दघाट एक्सपो–२०८२” का वारेमा आयोजक संस्था उद्योग व्यापार संघ, बर्दघाट नवलपरासीले आज पत्रकार स्म्मेलन गरी उक्त कुरा जानकारी गराएको थियो ।
१३ दिनसम्म चल्ने उक्त एक्सपोले बर्दघाट नगरक्षेत्रको ब्यापारिक, पर्यटकिय र सांस्कृतिक प्रवद्र्धनमा सहयोग पुग्ने आशा लिएको आयोजक संस्थाका अध्यक्ष एवं प्रथम बर्दघाट एक्सपो–२०८२ मुल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनु भएको छ । उहाँले एक्सपो अवधिभर करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ७ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताउनु भयो । एक्सपो सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च र ४२ लाख रुपैयाँ आम्दानी गरी करिब १२ लाख रुपैयाँ बचत गर्ने अनुमान गरीएको आज आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराउनु भएके थियो । त्यसैगरी उक्त एक्सपोबाट प्राप्त बचत रकमलाई बर्दघाटनगर क्षेत्रको व्यावसायिक हकहित र सामाजिक कार्यमा खर्च गरिने योजना तयगरीएको समेत बताउनु भयो ।

त्यसैगरी उद्योग व्यापार संघ, बर्दघाटका वरिष्ठ उपाध्यक्ष एवं प्रथम बर्दघाट एक्स्पो–२०८२ मुल आयोजक समितिका सह–संयोजक दिनेश न्यौपानेले बर्दघाट एक्सपोमा बर्दघाट नगरपालिका भित्र उत्पादित कृषिजन्य बाली र बस्तुहरु प्रदर्शन गर्ने तयारी गरीएको जानकारी गराउनु भएको थियो । नगरपालिका भित्रका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धनका लागि विशेष कार्याक्रमहरु सञ्चालन गर्ने,पर्यटकिय स्थलहरुको जानकारीमुलक भिडियो सामग्री प्रदर्शन गर्ने देखि राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूद्धारा मनोरञ्जन प्रदान गर्नेगरी बर्दघाट एक्सपो सञ्चालनको तयारी गरीएको सह संयोजक न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।

प्रथम बर्दघाट एक्सपो–२०८२ को पत्रकार सम्मेलनको सञ्चालनगर्दै संस्थाका महासचिव नारायण भण्डारीले एक्स्पो अवधिभर करिब १ लाख ५० हजार दर्शकले एक्सपो अवलोकन गर्ने अनुमान गरिएको बताउनु भएको थियो भने एक्स्पो प्रवद्र्धन सम्बन्धि भिडियो निर्माण प्रतियोगिता सञ्चालन गरीने र उत्कृष्ट कन्टेन्ट कृएटरको भिडियोलाई भ्युको आधारमा नगद १० हजार पुरस्कार प्रदान गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गारउनु भएको थियो ।

प्रथम बर्दघाट एक्सपो–२०८२ को मुख्य आकर्षणका रुपमा विभिन्न जात–जाती तथा संस्कृति झल्काउने घर तथा खानाका परिकारहरु, विद्यार्थिहरुद्धारा विज्ञान प्रदर्शन,राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको सांगितीक प्रस्तुती , कृषि यन्त्रहरुको प्रदर्शनी , दुग्ध परिकाररुको प्रदर्शनीं ,बाली बस्तुहरुको प्रदर्शनी , विद्यालय स्तरका विभिन्न प्रतियोगिता , बर्तमान समयमा अत्याधिक रुचाईएको लण्डन ब्रिज अकृति प्रवेश द्धार ,बर्दघाट नगरका १६ वटै वडाका १६ स्टल जसमा हरेक वडाका विशेष उत्पादन र जल परि रहने बताइएको छ ।
एक्स्पोको अवलोकन गर्न आउने दर्शकले ८० रुपैयाँ को प्रवेश टिकट लिनु पर्ने छ भने अपाङ ,विद्यार्थीहरु र जेष्ठ नागरिकका लागि सहुलियत टिकट दर रहेको आयोजकले जनाएको छ । एक्सपोमा २ सय ५० वटा स्टलहरू रहनेछन् । जस्मा स्थानीय कृषि उपज, महिला उद्यमीका उत्पादन र घरेलु उद्योगका सामग्रीहरू,राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरु , विविध खानाका परिकारहरू , बालबालिकाहरूको मनोरञ्जनका लागि बाल उद्यान , संचार केन्द, स्थानीय सञ्चार माध्यम र पत्रकारहरूको सहजताका लागि छुट्टै समाचार डेस्कको व्यवस्था रहने आयोजकले जनाएको छ ।