कृष्ण ढकाल
बर्दघाट,भदौ–२
बर्दघाट नगरपालिकाले विपन्न नागरीक उपचार,सिफारीस तथा थप सुविधा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आईतवार र सोमवार गरी दुई दिन सम्म सञ्चालन गरीएको तालिमको समापन कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नगरवासीहरुको सहज,सुलभ तथा समान पहुच हुनेगरी काम गरीरहेको बताउनु भएको थियो । नगरका विपन्न वर्गका नागरीकहरुको औषधी उपचारमा नगरवाट हुन सक्ने आर्थिक सहयोग नगरले गर्दै आईरहेको समेत नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले विपन्न नागरीकहरुको उपचार वापत गरीने आर्थिक सहायता संगै अन्य सेवाहरुलाई समेत प्रभावकारी ढंगले अघि बढाउनु पर्नेमा जोड दिनु भएको थियो।
सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले सबै वडाका कर्मचारीहरु र स्वास्थ्य संस्थाका कर्मचारीहरुले अभिलेख देखिनेगरी आफ्नो कार्य सम्पादनलाई चुस्त–दुरुस्त हुनेगरी गर्न निर्देशन गर्नु भएको थियो । त्यसैगरी पालिकाले विनियोजन गरेका योजना तथा कार्यक्रमहरु र बजेटलाई राम्रोसँग कायान्वयन गर्न आग्रह गर्नु भएको थियो ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको अध्यक्षता र नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली र स्वास्थ्य अधिकृत कृष्णहरि पौडेलले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको ब्यवस्थापन जनस्वास्थ्य निरिक्षक रिकमान श्रेष्ठले गर्नु भएको थियो।
तालिममा बर्दघाट नगरका वडासचिब, वडामा कार्यरत कर्मचारी र स्वास्थ्य ईन्चार्ज तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।