कृष्ण ढकाल
बर्दघाट,साउन–६
सयपत्रि सामुदायिक वन उपभोक्ता समुह,बर्दघाट–५, पाल्डाँडाले आज वृक्षारोपण गरेको छ । कञ्चनगढी क्षेत्र प्रवेशद्धारामा रहेको खाली वनक्षेत्रलाई हराभरा वनाउने उद्धेश्यले वृक्षारोपण गरीएको वन समुहका अध्यक्ष वासुदेव चौधरीले बताउनु भएको छ ।
वृक्षारोपण कार्यको शुभारम्भ गर्न बर्दघाट नगर प्रमुख शम्भुलाल उपाध्याय र उप–प्रभुख रुद्रप्रकाश उपाध्याय पुग्नु भएको थियो । सो अवसरमा बर्दघाटवडा नंम्वर ५ की वडाध्यक्ष बिमला गुरुङ,नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा लगाएतको सहभागिता रहेको थियो ।
अहिले सम्म स्थानियवासीहरुले चरीचरन गर्ने कञ्चनगढी वनक्षेत्रमा ६ हजार ५ सय बिभिन्न जातका विरुवाहरु रोप्ने तयारी गरीएको वन समुहका अध्यक्ष वासुदेव चौधरी बताउनु भएको छ ।
२०५४ सालमा लक्ष्मी प्रसाद पाण्डेको अध्यक्षतामा सयपत्रि सामुदायिक वन उपभोक्ता तदर्थ समुह गठन भएको थियो ।
२०६४ जेष्ठ ३० गते लालबहादुर श्रेष्ठको नेतृत्वमा सयपत्रि सामुदायिक वन उपभोक्ता समुह दर्ता गरीएको थियो । उपभोक्ता समुहको विद्यानमा कार्य समितिको कार्यकाल ३ वर्षको हुने भनेपनि २०७६ माघ १४ गते १२ वर्ष पछि मात्र नेतृत्व परिवर्तन भएको थियो । यसअघि जगत बहादुर बुढा अध्यक्ष हुनु भयो भने त्यसपछि अहिले बासुदेव चौधरी अध्यक्ष भएर वन समुहको नेतृत्व समाल्दै आउनु भएको छ ।
सयपत्रि सामुदायिक वन उपभोक्ता समुहको दर्ता अनुमति लिंदा वन क्षेत्र १९६.१३ हेक्टर रहेको छ भने दाउन्ने देवि ईलाका वनकार्यालय र बर्दघाट सेक्टर वन कार्यलयको माताहतमा रहेर कार्यगर्ने गरी अनुमति प्रदान गरीएको थियो ।
१९ जनाको कार्य समिति र १५ सय ३७ घरधुरी रहेको उक्त वनमा सफैया,माकर,मोतीवस्ती,चौपत्ता,वेलाहानी,जिमिरेभार,बण्डाखोला,पाल्डाँडा,सोखानी लगाएतका क्षेत्रका उपभोक्ताहरुको प्रत्यक्ष सहभागिता रहने गर्दछ ।