Bardaghat Na pa

विषयगत समितिहरु विघटनगर्दै आ.व. २०८२/०८३ का लागि ९७ करोड ७२ लाख बजेट सार्बजनिक

555

कृष्ण ढकाल
बर्दघाट,असार–१०
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले असार १० गते भएको १६ औं नगर सभामा नगरकाका सबै विषयगत समितिहरु विघटन गर्नु भएको छ ।
२०७४ साल साउन २८ गतेको कार्यपालिकाबाट स्विकृत  बर्दघाट नगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली २०७४ ) अनुसार विषयगत समितिहरु विघटन गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भएको छ ।
नगर सभामा नगरप्रमुखले विषयगत समितिहरु विघटन गरेसँगै अहिले सबै विषयगत समिती शुन्य भएको छ ।
त्यसैगरी बर्दघाट नगरपालिकाको १६ औं नगरसभाले आ।व। २०८२/०८३ को नीति तथा कार्यक्रम, आ।व। २०८२/०८३ को बजेट, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, नगर प्रहरीको गठन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८२, कृषि तथा पशुपंक्षी विधेयक २०८२ र अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन स्वीकृति गरेको छ । त्यसैगरी लेखा समितिको प्रतिवेदन र विभिन्न समयका बैठकका निर्णयहरू समेत अनुमोदन गर्दै बर्दघाट नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ ।
नगर सभाले आ।व। २०८२/०८३ का लागि ९७ करोड ७२ लाख बजेट सार्बजनिक गर्दै सम्पन्न भएको थियो । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सार्वजनिक गर्नु भएको उक्त बजेटमा कुल बिनियोजन रकम मध्ये चालू खर्च तर्फ ५७ करोड ४७ लाख,पुजीगत तर्फ ४० करोड २७ लाख बजेट बिनियोजन गरिएको छ ।
कुल बजेट मध्ये संघ सरकारको श्रोतबाट जम्मा ५३ करोड ७० लाख,प्रदेश सरकारबाट ३ करोड ५७ लाख ३८ हजार,नगरपालिकाको आन्तरिक श्रोत तर्फ गत बर्षको अल्या समेत १६ करोड र राजश्व बाडफाड तर्फ २३ करोड ९४ लाख ६२ हजार बिनियोजन गरिएको छ ।
कुल बजेट मध्ये र ५० लाख बजेट नागरिकको लागत सहभागीता बाट प्राप्त हुने अनुमान गरिको बजेटमा समावेस रहेको छ । त्यसै गरी बिपद ब्यवस्थापन कोष तर्फ ४० लाख र नमुना वडा बिकास कार्यक्रम तर्फ १ करोड बिनियोजन गरिएको छ ।