कृष्ण ढकाल
बर्दघाट–जेष्ठ–३
बर्दघाट नगर क्षेत्रका सिमसारहरु र संभावित क्षेत्रहरुको खोजतलास गरी त्यसको संरक्षण र प्रबर्धन गर्न जरुरी रहेको बर्दघाटमा आयोजीत एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन ।
बर्दघाट–२,चिसापानीमा रहेको दिब्यज्योती बहुमुखी क्याम्पसले आयोजना गरेको बर्दघाटका सिम्सार ः अवस्था,संभावना र समस्या बिषयक गोष्ठीमा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।
पुराना ताल तलैया,कुला,पोखरी ,सिम्सार ,खोला तथा घोलाहरु पछिल्लो समय हराउदै र मासिदै जानथाले पछि जमिनको सतहमा पानीको मात्रा घट्दै जानेक्रम बढ्न थालेपछि चापाकल र डिपटूवेलहरुमा समेत पानी आउन छोडेको भन्दै अब जमिन रिचार्ज गर्न ठाँउ ठाँउमा रहेका सिमसार तथा पोखरीहरुको संरक्षण गर्ने र निमार्ण गर्ने कार्यमा जोड दिनु पर्ने उनीहरुको भनाई रहेको थियो ।
यू.जि.सीको सहयोगमा दिब्यज्योती बहुमुखी क्याम्पस,अनुसन्धान ब्यवस्थापन सेल मार्फत आयोजीत कार्यक्रममा बर्दघाट नगरका सामुदायिक वन समूह,स्कुल तथा क्याम्पस,सिमसार , खानेपानी संस्था,सञ्चार क्षेत्र लगाएतका जिम्मेवार ब्यीक्तहरुको सहभागिता रहेको थियो ।
दिब्यज्योती बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता क्याम्पस प्रमुख सागरमणी पाण्डेको स्वागत र पूर्व क्याम्पस प्रमुख कृष्णवन्धु पौडेलको सञ्चालन रहेको कार्यक्रममा वन तथा वातावरण विज्ञ एवं पर्यटन पत्रकार युवराज कंडेलले बर्दघाट नगरका सिम्सार ः अवस्था,संभावना र समस्यासका बारेमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले सहभागिहरु मध्येवाट सर्बपक्षिय एउटा समिति बनाएर बर्दघाटका सिम्सारहरुको खोज अनुसन्धान गर्नु पर्ने धारणा राख्नु भएको थियो भने क्याम्पस प्रमुख सागरमणी पाण्डेले नगरका सबै विद्यालय तथा क्याम्पसहरुमा नगरका सिमसारहरुको वारेमा सचित्र बर्णन गरीएका तस्विरहरु राख्नु पर्नेमा विचार ब्यक्त गर्नु भएको थियो ।
दिब्यज्योती बहुमुखी क्याम्पस,अनुसन्धान ब्यवस्थापन सेल संयोजक बोमलाल पाण्डेले संयोजन गर्नु भएको उक्त कार्यक्रममा बोल्दै दिब्यज्योती बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं वेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष वृहस्पति अधिकारीले नगरमा भएका सिमसारहरुको स्तरउन्ती गर्दै वडा नं. ५ को कञ्चनगढी क्षेत्रमा सिमसार निमार्णका लागि पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
नेपालका एक सय महत्वपूर्ण गन्तब्य मध्येको कञ्चनगढीको बिकाससंगै त्यस क्षेत्रमा प्रवल संभावना रहेको कञ्चनगढी सिमसार निमार्ण कार्यलाई पनि जोडेर अघिबढ्न जरुरी रहेको अधिकारीको भनाई रहेको थियो । त्यसैगरी १६ नं. मा रहेको केरावारी माथीको चुरेको काखमा रहेको क्षेत्र र सिद्धवस्ती माथीको क्षेत्रमा समेत सिमसार निमार्णका लागि संभावना रहेको अधिकारीले बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै बर्दघाट प्रेस क्बलका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण) ले वडा नं. १० मा रहेको बाउन्नखोला सिम्सारसंग शहिद पार्क र संसारकोटलाई जोडेर वृहत योजना तयार गर्नु पर्नेमा जोड दिनु भएको थियो । सिम्सारको अवलोकन गर्ने,पार्कमा मनोरञ्जन गर्ने र केवुलकार चढेर माथी संसारकोट गएर तराईका सम्मफाँटहरु र स्थानिय ग्रामीणवस्तीहरुको अवलोकन गर्ने देखि होमस्टेको सेवा लिने वातावरण सृजना गर्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी परापुर्व कालदेखि मगर र थारुहरुको संयुक्त पुजाहुने ऐतिहासिक तथा धार्मिक सहिष्णुता बोकेको संसारीमाईको मन्दिरको दर्शन गर्ने वातावरण सृजना गरेर आर्थिक चलायमानको वातावरण समेत सृजना गर्नु पर्नेमा जोड दिनु भएको थियो ।