कृष्ण ढकाल
बर्दघाट,माघ–१३
बर्दघाट नगरपालिका र द–लेप्रोसी मिसन नेपालको संयुक्त आयोजनामा आज बर्दघाटमा ७२औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । ‘एक हौं क्रियाशिल बनौं कुष्ठरोग निवारण गरौं’ भन्ने मुलनाराका साथ विश्व कुष्टरोग दिवस मनाइएको थियो।
दिवस मनाउने क्रममा बर्दघाट नगरका जनप्रतिनिधिहरु र कर्मचारी तथा द–लेप्रोसी मिसन नेपालका कर्मचारीले कुष्टरोग सम्वन्धि सचेतना मुलक प्लेकार्ड लिएर बर्दघाट बजारको परिक्रमा गरेका थिए । जनमानसमा सचेतना जागृत गर्ने उद्धेश्यले आयोजना गरीएको उक्त सचेतना र्याली बर्दघाट नगरपालिकाको कार्यलय परिसरमा आएर समापन गरीएको थियो ।
नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएतापनि पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरमा कुष्टरोगका नयाँ बिरामीको सङ्ख्या भने रोकिएको छैन । बर्दघाट नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत माधब ज्ञवालीका अनुसार गत बर्ष बर्दघाट नगरमा १७ जना कुष्टरोगका विरामीहरु पत्ता लागेका थिए भने यस बर्ष ६ जनामा पत्ता लागेको जनस्वास्थ्य अधिकृत ज्ञवालीले बताउनु भएको छ । ज्ञवालीका अन्ुसार बर्दघाट नगरपालिकाको वडा नं. १५ बढी कुष्टरोग प्रभावित क्षेत्रका रुपमा रहेको छ । नगरले सोही क्षेत्रलाई बढी प्राथामिक्तामा राखेर कुष्टरोगसंग सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरेको ज्ञवालीले जानकारी दिनु भयो ।