Bardaghat Na pa

जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु

64

कृष्ण ढकाल
प्रतापपुर,चैत्र–२१
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ। ९ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई कार्यक्रमको उद्धेश्य अनुरुप सेवा प्रवाह गर्न निर्देशनगर्दै पालिका अध्यक्ष उमेश चन्द्र यादवले आज एक कार्यक्रमका विच स्वास्थ्य सामाग्रीहरु सहितको झोला हस्तान्त्रण गर्नु भएको थियो ।

जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्नका लागि गाउँकार्यपालिकाले पौष ४ गते कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० पारित गरे पछि त्यसको सम्पूर्ण तयारी गरी आज देखि सेवा प्रवाहमा गर्नलागिएको पालिका अध्यक्ष यादवको भनाई रहेको छ ।
८० बर्ष माथिका ४ सय १२ जना जेष्ठ नागरीक र ८ सय २५ जना अपाङ्गहरु गरी १ हजार २ सय ७३ जनाबाट सेवा शुरु गर्न लागिएको प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मन्तोष कुमार मुरावले बताउनु भएको छ ।
जेष्ठ नागरीक तथा अपाङ्गहरुका घर घरमा नै पुगेर तोकिएको फारम भरी बर्षमा ३ पटक स्वास्थ्य चेकजाँच गर्ने गरी लागु गरीएको जेष्ठ नागरीक तथा अपाङ्गसँग अध्यक्ष स्वास्थ्य सेवा कार्यक्रमका लागि यस बर्ष ४ लख रकम विनियोजन गरीएको पालिका अध्यक्ष यादबले बताउनु भएको छ ।

प्रेसर,सुगर,ब्लड चेकजाँच,पाचनप्रणाली चेकजाँच, घाउँहरुको ड्रेसीङ्ग,ज्वरो,खोकी, लगाएतका १३ बढी रोगहरुको प्राथामिक उपचारका लागि जाने स्वास्थ्इकर्मीहरुका लागी पनि पालिकाले छुट्टै रकम दिने ब्यवस्था गरेको प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले जानकारी गराउनु भएको छ ।

फरक प्रसंगमा प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले नेपाल सरकारले ल्याएको एक पालिका एक अस्पतालको निति स्थानिय सरकारहरुलाई फलामको चिउरा भएको बताउनु भएको छ । उहाँले १५ शैयाको नगर अस्पतालहरु सञ्चालनको जिम्मा स्थानिय सरकारलाई दिने निर्णय प्रति एक पटक संघिय सरकारले पुर्नविचार गर्नु पर्ने बताउनु भएको छ । पालिकाहरुको कुल बजेट भन्दा बढी बजेट नगर अस्पताल सञ्चालनमा लाग्ने उहाँको तर्क थियो ।
कर्मचारी ब्यवस्थापनको लागत र अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुको संख्याको अनुपात नमिल्ने भएकाले पालिकैपिक्षे अस्पतालै अस्पतालहरुको भिड नबनाउन संघिय सरकारलाई आग्रह गर्नु भएको थियो ।