Jilla Ban Notis

नेकपा एमाले नवलपरासीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम शुरु

0 142

कृष्ण ढकाल
बर्दघाट,माघ ६
नेकपा एमाले नवलपरासीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आज देखि शुरु भएको छ । तिन दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणको आज पहिलो दिन नेकपा एमालेका उपमहासचिव एवं पूर्व मन्त्री प्रदिप ज्ञवालीले माक्सवादी दर्शन र जनताको वहुदलिय जनवादको विकासका विषयमा प्रशिक्षण दिनुभएको नेकपा एमाले जिल्ला अध्यक्षदिपेन्द्र कुमार अधिकारीले जानकारी दिनु भएको छ ।
त्यसैगरी विज्ञान प्रविधिको विकास र सूचना तथा संचारको महत्वका विषयमा प्राध्यापक वाइ. पि. आचार्यले प्रशिक्षण दिनु भएको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा सञ्चालन भैरहेको उक्त पार्टी प्रशिक्षणमा भोली अर्थात आईतवार नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेलले दशौ महाधिवेशनको नीति, कार्यक्रम र समृद्ध नेपाल सुखी नेपालीको कार्यदिशाका विषयमा प्रशिक्षण दिने कार्यक्रम तय गरीएको अध्यक्ष अधिकारीले बताउनु भएको छ । त्यसैगरी भोली नै नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुहुने अधिकारीले जानकारी दिनु भयो ।

प्रशिक्षणको तेस्रो दिन संगठन निर्माणका सिद्धान्त, व्यवस्थापन र परिचालनका विषयमा काशीनाथ अधिकारीले र केन्द्रीय सदस्य सरीता भुषाल खनाल, पार्टी स्कूल विभागका सदस्य बद्री खनाल, फर्शु पाण्डे लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ

नवलपरासी जिल्लावाट नेतृत्व तहमा रहेका पार्टीका नेता तथा अगुवा कार्यकर्ता र विभिन्न जनवर्गिय संगठनका पदाधिकारीहरुलाई लक्षित गरी नेकपा एमाले नवलपरासीले सञ्चालन गरेको त्रि दिवशीय प्रशिक्षण कार्यक्रममा पार्टीका सबै विभिन्न २२ वटा जनवर्गिय संगठनका पदाधिकारीहरुलाई पार्टीको नीति, विधि र सिद्धान्तका बारेमा प्रशिक्षण गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको नेकपा एमाले जिल्ला उपाध्यक्ष्ँ डोलराज भण्डारीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.