Jilla Ban Notis

सहित स्मृति सामुदायिक अस्पतालको अवस्था देख्दा सबै चिन्तित ।

0 298
कृष्ण ढकाल
बर्दघाट,मंसीर–२३
प्राप्त मात्रमा भौतिक संरचनाहरु रहेर पनि बर्दघाट–१४,चौपत्तामा रहेको सहित स्मृति सामुदायिक अस्पताललाई ब्यवस्थीत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न नसके पछि नगरका रानितिक दल ,जनप्रतिनिधि र सरोकारवालाहरु लज्जीत भएका छन ।
सहिद स्मृति सामुदायिक अस्पताल बिकास केन्द्रको १३औं बार्षिक साधारण सभा तथा ५ औ अधिबेसनको उद्घाटन कार्यक्रममा बोल्ने सबै जसो राजनितिक दलका नेता देखि वडाहुँदै पूर्वमन्त्री सम्मका जिम्मेवार ब्यीक्तहरुले सहित स्मृति सामुदायिक अस्पताल आफै विरामी भएर आईसियुमा जानलागेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।
भौतिक तथा प्राविधिक रुपमा सु–सम्पन्न भएर पनि प्राप्त मात्रामा दक्ष जनशक्ति अभावका कारण सेवा दिन नसक्दा दिन प्रतिदिन अस्पताल घाटामा गएकाले सबै मिलेर सहित स्मृति सामुदायिक अस्पताललाई सरकारी अस्पताल बनाउनु पर्ने धारणा समेत ब्यक्त गरेका थिए ।
सहिद स्मृति सामुदायिक अस्पताल बिकास केन्द्रको  १३औं बार्षिक साधारण सभा तथा ५ औ अधिबेसन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्बमन्त्री एवं जनता प्रगतिसिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले अस्पतालको भौतिक सरचना राम्रो रहेपनि गुणस्तर सेवा सुबिधा प्रदान गर्ने बिषय चुनौती पुर्ण रहेको बताउनु भयो । देशमा स्वास्थ्य क्षेत्र निकै सुधार गर्नु अवस्थामा रहेकाले केन्द्र, प्रदेश र स्थानीय सरकारले ,अस्पताल सुधारका योजना सहित बजेट र कार्यक्रम अगाडी बढाउनु पर्ने धारणा राख्नु भएको थियो ।
पुर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका त्रिपाठीले फरक प्रसंगमा नागरिकको स्वास्थ्य क्षेत्रको नया आयमको रुपमा ट्रमा सेन्टरको परिकल्पना गरिएको बताउनु भयो । देशको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नु पर्ने अवस्था रहेको बताउदै स्वास्थ्य क्षेत्रको सुधार गर्ने योजना अनुरुप ट्रमा सेन्टरको अवधारणा बिकास गरिएको बताउनु  बताउनु भएको थियो । उहाँले बर्दघाट ट्रमा सेन्टर कता हराएको भन्दै बर्दघाट नगरपालिकालाई प्रश्न समेत गर्नु भएको थियो ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य सरिता भुसालले जनताको पहिलो आवस्यक शिक्षा र स्वास्थ्य रहेको बताउदै  सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्न नसकेको बताउनु भयो । सामुदायिक स्तरबाट जनताले आफ्नो गास कटाएर लगानी गरेका सामुदायिक अस्पतालहरु के कसरी संचालन गर्ने र स्थापना भएका अस्पताललाई जोगाएर जनताको सेवामा के कसरी दीर्घकाल सम्म सञ्चालन गर्न सकिन्छ भनेर रणनीतिक योजना बनाएर अगाडि बढ्नु पर्ने धारणा राख्नु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस सभा सदस्य विश्वप्रेम पाठकले राज्यले सामुदायिक अस्पतालको विषयमा प्रष्ट निति नबनाएका कारणले समस्या रहेको बताउनु भएको थियो । । राज्यको प्रष्ट निति नहुँदा देशका धेरै सामुदायिक अस्पतालहरु बेवासिरे बनेको र बन्द हुने अवस्थामा पुगेको उहाँको भनाई रहेको थियो।
लुम्बिनी प्रदेस सभाका निर्वमान सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले  सहित स्मृति सामुदायिक अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्न कामकाजी टिम बनाएर सबै संग समन्वय गरि अस्पताल सञ्चालन गर्ने नयाँ योजना बनाएर अगाडि बढ्नु पर्ने धारणा राख्नु भउको थियो ।
यता बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले अबकेहि समय भित्र नै बर्दघाटट्रमा सेन्टर बन्ने बताउनु भएको छ । नेपाल सरकारले तयगरेका मापदण्ड अनुसारको आवस्यक कागजात पेस गरिएको बताउदै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरमा अब छिट्टै ट्रमा सेन्टर बन्ने बताउनु भयो ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को क्षेत्रीय अस्पतालको रुपमा बिकास गर्ने सके राम्रो हुने बताउनु भयो भने सुस्ता गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले स्वास्थ्य क्षेत्रमा राम्रो गर्न सुस्ता गाउँपालिका तयार रहेको बताउनु भयो ।
बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले दक्ष मानव स्रोत व्यवस्थापनका लागि अस्पताल बिकास समिति र नगर बीच छलफल गरि अगाडि बढ्न सकिने बताउनु भयो । कार्यक्रममा  बर्दघाट नगर प्रवक्ता सन्त बहादुर गाहा, सस्थाका सल्लाहकार बृहस्पति अधिकारी, नेपाली काङ्ग्रेसका नगर सभापति दामोदर जि।सि, नेकपा एमालेका नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल, एकिकृत माओवादीका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जा मगर लगाएतले आ–आफ्नो भनाई राख्नु भएके थियो ।
 सहिद स्मृति सामुदायिक अस्पताल बिकास केन्द्रका अध्यक्ष निमानन्द न्यौपानेको अध्यक्षता र उपाध्यक्ष उर्मिला क्षेत्रीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव डि.बि. थापाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.