Jilla Ban Notis

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुदा भेन्टिलेटर प्रयोग बिहिन

0 39

परासी ,साउन-९
पश्चिम् नवलपरासीको सदरमुकाम परासिमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुदा भेन्टिलेटर प्रयोग बिहिन भएको छ । जिल्ला अस्पतालमा पाच आइसियु बेड सहितको दुईवटा भेन्टिलेटर छन तर दक्ष जनशक्तिको अभावले प्रयोग विहीन अवस्था रहेको छ्न । लुम्बिनी प्रदेश सरकारले जनशक्ति व्यवस्थापन नगरिदिदा उपकरण प्रयोग बिहिन बनेका छन ।

सङ्घीय सरकारबाट आर्थिक बर्ष ०७८/०७९ मा कोरोना महामारीका समयमा देशभरका जिल्ला अस्पतालहरूलाई आइसियु सहितको भेन्टिलेटरका लागि बजेट बिनियोजन भयो थियो । सोही बजेटबाट ई-टेन्डर मार्फत खरिद गरिएको करोडौँ मूल्यका उपकरण यतिकै थन्किएका छन् । अहिले जिल्ला अस्पतालमा भेन्टिलेटर भएपनि दक्ष जनशक्ति नहुदा प्रयोग गर्ने नसकिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नरुल होदाले बताउनु भयो । उहाँ भन्नु हुन्छ-“संघीय सरकार मार्फत उपकरण त आयो तर यसलाई सञ्चालन गर्न दक्ष जनशक्ति आएन । हामीसँग पनि दक्ष जनशक्ति नै छैन त्यसैले भेन्टिलेटर संचालनमा ल्याउन सकेका छैनौं ”

आइसियुमा रहेका बिरामीलाई किर्तिम श्वास प्रश्वासका लागि भेन्टिलेटर जरुरी हुन्छ । तर हामी संग भेन्टिलेटर भएर पनि सञ्चालन गर्ने नसक्दा पनी प्रयोग हुन नसक्दा गम्भीर प्रकृतिका बिरामीहरूलाई बुटवल, भैरहवा र नारायणगढ पठाउनु पर्ने बाध्यता रहेको होदाको भनाइ छ ।

अस्पतालमा आएको भेन्टिलेटर सञ्चालनका लागि अस्पतालले विभिन्न पहल गरेपनि हालसम्म संचालन हुन नसकेको अस्पतालका सुचना अधिकारी छम बहादुर कअधिकारीले बताउनु भयो । अधिकारी भन्नुहुन्छ-” हामीले अस्पताल व्यवस्थापन समितिमार्फत विभिन्न पहलहरु गर्‍यौ तर पनि भेन्टिलेटर सञ्चालन गर्न सकेका छैनौं । बिगत २ बर्ष देखी हामीले दक्ष जनशक्ति मागेका छौ तर अहिले सम्म पाउन सकेका छैनौं । ” जिल्ला अस्पतालले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री परिवर्तन हुँदा पिच्छे नै दक्ष जनशक्तिको माग गरिएको अधिकारीको भनाइ छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनशक्ति व्यवस्थापन गर्ने नसक्दा
भएका उपकरणहरू प्रयोग विहीन अवस्थामा छन । समयमै उपचार नपाएर बिरामीको ज्यानै जान सक्ने जोखिम उतिकै बढ्दो छ ।

अस्पतालमा रहेको आइसियु र भेन्टिलेटर नियमित रुपमा सञ्चालनको लागि कन्सल्टेन्ट डाक्टर, ५ जना फिजिसियन डाक्टर, १ जना एनेस्थेसियोलिष्ट, ५ जना मेडिकल अफिसर र कम्तीमा २५ जना नर्सिङ स्टाफ आवश्यक रहने डाक्टर होदाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.