Bardaghat Na pa

तोकिएकै मुल्यमा एल.पि. ग्याँस बिक्रि बितरण गर्न अनुरोध ।

399

बर्दघाट,श्रावण–३
खाना पकाउने एल.पि ग्याँसको मुल्य नेपाल आयल निगमले तोकेको मुल्य भन्दा ब्यवसायिहरुले बढी लिने गरेको उपभोक्ताहरुबाट र सामाजिक सञ्जालहरु मार्फत गुनासो आएकोप्रति उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर कमिटिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर कमिटिका अध्यक्ष हुमनाथ आचार्य र सचिव कुस्माकर ढकालद्धारा संयुक्त रुपमा हस्ताक्षरगरी जारी गरीएको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरीएको छ ।

मञ्चले विज्ञप्ती मार्फत हालसालै खाना पकाउने एल.पि ग्याँसको प्रति सिलिन्डर मुल्य नेपाल आयल निगमले एक हजार सात सय नब्बे रुपैया कायम गरे पनि बजारमा भने सम्बन्धित ब्यवसायिहरुले एक हजार आठ सय पन्द्र रुपैया लिने गरेको गुनासो आएको हुदाँ तोकिएकै मुल्यमा बिक्रि वितरण गर्नका लागि अनुरोध गरेको छ । विज्ञप्तीमा भनिएको छ तोकिएको मुल्य भन्दा बढी लिएमा सम्बन्धित निकायमा कावार्हिका लागि सिफारीस गर्ने ब्यहोरा समेत उल्लेख छ ।