Jilla Ban Notis

उपभोक्ताहरुको अनुरोध र कार्यअनुभवले अध्यक्षमा उमेदवारी दिएको हुँ ः बलबहादुर थापा 

0 112

कृष्ण ढकाल

बर्दघाट,जेष्ठ २

नवलपरासीको सुनवलमा रहेको सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि जेष्ठ ४ गते हुने छैठौं अधिवेशनको लागि चुनावी सरगम निक्कै बढेर गएको छ । आगामि नेतृत्वलिनका लागि वर्तमान कार्यवहाक अध्यक्ष समेत रहेका संस्थाका उपाध्यक्ष बलबहादुर थापा र उहांको टिम निक्कै खटिएको छ ।

अध्यक्षका दावेदार बलबहादुर थापाले घैयावारी देखि मुहान सम्मको पाईपलाईन विस्तार र पहुचमार्ग विस्तारमा पहिलेको कार्यकालमा गरेका कार्य अनुभवसंगै संस्थागत कामगर्ने अनुभव रहेको र धेरै उपभोक्ताहरुवाट अध्यक्ष भएर काम गर्नका लागि अनुरोध गरेकै कारण आफुले अध्यक्षको दावा गरेको बताउनु भएको छ । संस्थामा पहिले आफु रहदा शुरुभएका अधुरा संस्थागत कामहरु अरुबाट राम्रोसंग समयमा नै सम्पन्न गर्न सकस हुने भएका कारणले पनि आफुले नेतृत्वलिन जरुरी रहेको थापाको भनाई रहेको छ । उहाँले सुनवल नगरपालिका वडा नं.१, २, ३, ४, ६ र १० का उपभोक्तालाई शुद्ध खानेपानी पूर्णरुपमा उपलब्ध गराउनु पर्ने अहिलेको आवश्यकता रहेकाले कार्य अनुभवका आधारमा पनि छिटो गर्न आफ्नोे नेतृत्व आवश्यक रहेको र उपभोक्ताहरुले माग गरेकै कारण आफु चुनावमा होमिएको थापाले बताउनु भएको छ ।

उहाँले आफु नेतृत्वमा पुगेपछि खानीपानीको महशुल घटाउने,धारा जडान शुल्क घटाउने र विपन्न घरपरिवारहरुका लागि छुट्टै कोष खडागरेर त्यस मार्फत विपन्न घर परिवारलाई निःशुल्क घाराजडान गर्ने समेत प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

अहिले संघीय सरकारको लगानी र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलको प्रत्यक्ष निर्देशनमा सुनवलमा नयाँ खानेपानी आयोजना संचालनमा छ जस्को कार्य सम्पन्न् गर्नु पर्ने दायित्व वर्तमान कार्यसमितिले केहि पु्रा गरेको छ तर बाँकी कामलाई समयमा सम्पन्न गर्नका लागि पनि अनुभवी नेतृत्वको खाँचो रहेकाले आफु  र आफ्नोे टिम चुनावमा होमिएको  अध्यक्ष पदका दावेदार बलबहादुर थापाले बताउनु भएको छ । उहाँले खानेपानी जस्तो पवित्र संस्थामा कुनै राजनिति गर्न नहुने  र आफुले पनि नगरेको बताउदै आफुलाई नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगाएतका सबै दलनिकटका आम उपभोक्ताहरुले साथ र समर्थन गरेको समेत बताउनु भएको छ ।

अहिले बलबहादुर थापाको नेतृत्वमा चुनावमा होमिएकाहरु मध्ये अध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा रमेश नेपाली, सचिवमा मुक्तिबहादुर भण्डारी, कोषाध्यक्षमा धनमाया गौतम क्षेत्री, सदस्यहरुमा क्रमश विष्णु प्रसाद पौडेल, धनप्रसाद तिवारी, भरत पाण्डे, धनपति सापकोटा, महिला सदस्यहरुमा विनुमाया दर्जी, भिमादेवी पाण्डे, पुस्तिमा पुन तथा लेखा समिति संयोजकमा विष्ण्ुा प्रसाद पौडेल,सदस्यहरुमा मेघनाथ गोतामे र सिता पौडेल चापागाइँ रहनु भएको छ ।

त्यसैगरी उहाँसंगै प्रतिष्प्रधामा अध्यक्षका लागि सोमबहादुर रायमाझि र विष्णुप्रसाद न्यौपाने पनि कम्मर कसेर लाग्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.