kalika

बर्दघाट–२ मा निःशुल्क जैघाँस र बर्षीम घाँसको बिउ वितरण

80

 

माधब प्रसाद घिमिरे
बर्दघाट,कार्तिक–२१
बर्दघाट–४ नगरपालिका वडा नम्वर–२ ले आफ्ना वडावासीका लागि निःशुल्क जैघाँस र बर्षीम घाँसको बिउ वितरण गरेको छ । वडाकार्यालयको वार्षीक कार्ययोजना अनुसार ब्यवसायिक पशुपालन गरेका वडाभित्रका किसानहरुलाई वितरण गरेको वडाअध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनु भएको छ ।
पहाड र तराई गरी दुई भागमा रहेको २ नं. वडामा अहिले एक लाख रुपैया बराबरको घाासको बिउ तराईक्षेत्रका ब्यवसायिक किसानहरुलाई वितरण गरीएको अध्यक्ष क्षेत्रीले बताउनु भएको छ ।
अहिले जनहि २ किलो जैघाँस र १ पोका बर्षिम घाँसको बिउ वितरण गरीएको छ ।

पछि फेरी पहाडी क्षेका ब्यवसायिक किसानहरुका लागि छुट्टै ब्यवस्था गर्ने पनि उहांले बताउनु भएको छ । वडाका बिसानहरुलाई ब्यवसायिक बनाउन प्रेरीत गर्ने उद्धेयले उक्त घाँसको बिउ वितरण गरीएको बताउनु भएको छ ।