Jilla Ban Notis

सिंचाईका लागि माग गरेको डिपबोरिङ्ग २२ वर्ष पछि धसाउन शुरु ।

विनियोजित बजेटले आयोजना पुरा गर्न नपुग भएमा नगरपालीकाले सहयोग गर्ने नगर प्रमुखको प्रतिवद्धता

0 54

कृष्ण ढकाल
बर्दघाट,भदौ–८
किसानहरुले सिंचाईका लागि माग गरेको डिपबोरिङ्ग २२ वर्ष पछि धसाउन शुरु गरेको देख्दा खुशि ब्यक्त गरेका छन् । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर १४ का किसानहरुले २०५७ सालमा गंगापृथ्वी सिंचाई आयोजना नामको संस्था दर्ता गरेर सिंचाईका लागि माग गरेको डिपबोरिङ्ग अहिले बल्ल प्राप्त गर्न सफल भएको प्रति आफुहरु खुशि रहेको सिंचाई आयोजनाका अध्यक्ष्ँ शालिक राम पाण्डेले बताउनु भएको छ ।

बोरीङ्गका लागि २०५७ सालमा संस्था दर्ता गरेर रुपन्देहीको भैलो भुजा सिंचाई आयोजनामा ६ हजार धरौटी समेत जम्मा गर्नु भएका तात्कानीन अध्यक्ष मित्रलाल अर्यालको अहिले मृत्यु भैसकेको छ ।

पटक–पटक धाउदा समेत निरास बनेका किसानहरुलाई यस बर्ष २५ लाख बजेट विनियोजन भएरसंगै १४ हजार धरौटी जम्मा गरेपछि बोरीङ्ग धसाउन कार्यालयवाट स्वयम आएको देख्दा आफुहरु हर्षित भएको किसानहरुले बताएका छन् ।
तात्कालिन समयमा पृथ्वी वस्ती र गांगावस्तीको ८० बिघा जमीनमा सिंचाई गर्ने गरी प्रस्ताव गरेको उक्त आयोजनाको बुधवार बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सिलन्यास गर्नु भएको छ ।
सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले बोरीङ्गका लागि विनियोजित बजेटले आयोजना पुरा गर्न नपुग भएमा नगरपालीकाले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

सिलन्यास कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रवक्ता एवं वडानम्वर १४ का वडाध्यक्ष सन्तु गाहा,नेपाली कान्ग्रेसका नगर सभापति दामोदर जि सी ,डिपबोरिङ्गका लागि १० धुर जग्गा उपलब्ध गराउने बिष्णु प्रसाद पाण्डे लगाएतका समाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।

गंगापृथ्वी सिंचाई आयोजनाका अध्यक्ष शालिक्राम पाण्डेको अध्यक्षता बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता र वडा सचिव टंकनाथ भण्डारीको संचालनमा आयोजनाको सिलन्यास कार्यक्रम सम्पन्न् गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.