sarawal

नवलपरासीको चुनावी चर्चा

37

काठमाडाैं | १९ साउन

दलहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित हुन थालेका छन् । चुनावको नतिजा कस्तो आउला भनेर चासो र लेखाजोखा सहितको अनुमान गर्न थालिएको छ ।

आफू निरन्तर प्रतिस्पर्धा गर्दै आइरहेको क्षेत्रमा गठबन्धनको नाममा अन्य उम्मेदवारलाई रोक्ने प्रयास समेत नेताहरूले गरिरहेका छन् ।

त्यहीँ दौडमा छ, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लाको राजनीतिक । जिल्लामा प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ वटा निर्वाचित क्षेत्र छन् ।

पश्चिम नवलपरासीमा आउँदो निर्वाचनमा उद्योगी/अर्बपति विनोद चौधरी उम्मेदवार बनेर आउने चर्चा छ । जिल्लाको १ नम्बर क्षेत्रबाट चौधरीको ‘इन्ट्री’ हुने हल्लाले जिल्लाको कांग्रेसको राजनीति तरङ्गित छ ।

यस क्षेत्रबाट यसअघि २०७४ सालमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जितेका थिए ।

सूर्य चिह्न लिई नेकपा एमालेको साथ लिएर उनले कांग्रेसका नेता देवकरणप्रसाद कलवारलाई ५ हजार १ मतान्तरले पराजित गरेका थिए ।

त्रिपाठीले ३८ हजार ५९२ मत ल्याउँदा देवकरणले ३३ हजार ५९१ मत मात्र ल्याएका थिए । त्रिपाठीले राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी स्वतन्त्र उम्मेदवारको हैसियतमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए ।

त्रिपाठीले २०४८, २०५१, २०५६, २०६४ र २०७४ साल गरी ५ पटक नवलपरासीबाट चुनाव जितेका छन् । एकपटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा त्रिपाठी कांग्रेसका नेता देवकरणसँग पराजित हुन पुगेका थिए ।

यस क्षेत्रमा जनता प्रगतिशील पार्टीबाट त्रिपाठी र सत्ता गठबन्धनबाट कांग्रेसका देवकरण वा चौधरी उम्मेदवार हुने चर्चा छ । त्रिपाठीसँग प्रतिस्पर्धा गर्न चौधरीले आउने चर्चाले जिल्लाको निर्वाचनमा तरङ्ग ल्याएको छ ।

कांग्रेसको एउटा समूह आगामी निर्वाचनमा देवकरणलाई समानुपातिकमा पठाएर विनोद चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाई जिल्लाको विकास गर्नुपर्ने ‘लबिङ’ केन्द्रमा गरिरहेको छ ।

एमालेबाट जिल्ला अध्यक्ष दीपेन्द्रकुमार अधिकारी उम्मेदवारका दाबेदार छन् । उनी अहिले लुम्बिनी प्रदेश सांसद पनि हुन् । एमाले पश्चिम नवलपरासीका उपसचिव राजनकुमार आचार्यले अधिकारीलाई १ नम्बर क्षेत्रबाट प्रतिनिधि सभातर्फ अगाडि सार्नेबारे छलफल भइरहेको बताए ।

जनता प्रगतिशील पार्टीका जिल्ला संयोजक राधेरमण पाण्डेले १ नम्बर क्षेत्रबाट आउँदो निर्वाचनमा पनि त्रिपाठी नै उम्मेदवार हुने बताए ।

‘हामी यसपटक पनि तालमेल गरेर निर्वाचनमा जाने हो,’ पाण्डेले भने, ‘हाम्रो संगठन बलियो नभए पनि उहाँ (त्रिपाठी) को व्यक्तिगत प्रभावले नै निर्वाचन जित्ने हो । हामीले सकेसम्म एमालेसँगै तालमेल गरेर अगाडि बढ्छौं । एमालेसँग भएन भने गठबन्धनसँग पनि छलफल गर्छाैं ।’ प्रदेशसभा क्षेत्र नम्बर १(१) मा एमालेका अधिकारी र १(२) मा सूर्य चिह्न लिएका अजय शाही विजयी भएका थिए ।

अधिकारीले २० हजार ५०६ र शाहीले १९ हजार ३३३ मत पाएका थिए । अधिकारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रम खनालले १८ हजार ५०२ र शाहीका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुकुलकुमार आचार्यले १२ हजार ६०३ मत पाएका थिए । शाही अहिले लुम्बिनी प्रदेशका वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।

नवलपरासीको २ नम्बर क्षेत्रमा यस पटक पनि कांग्रेसबाट केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल दोहोरिएर उम्मेदवार बन्ने तयारीमा देखिन्छन् । उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन् । उनी यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

कंडेलले नेकपा माओवादी केन्द्रका घनश्याम यादव ‘अहिर’लाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । कंडेलले ३४ हजार १३० मत ल्याउँदा यादवले जम्मा २३ हजार ८९८ मत मात्र ल्याउन सकेका थिए । माओवादी केन्द्रबाट अहिले पनि यादव दाबेदार छन् । माओवादीले गठबन्धन भए प्रतिनिधि सभातर्फ एउटा क्षेत्रमा आफूहरूले पाउनुपर्ने बताउँदै आएको छ । एमालेले यो क्षेत्रबाट बैजनाथ चौधरीलाई अगाडि सार्ने देखिन्छ । बैजनाथ एमाले लुम्बिनी प्रदेशका सहइन्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुन् । क्षेत्र नम्बर २(१) मा चौधरी र २(२) मा कांग्रेसका बैजनाथ कलवारले जितेका थिए ।

बैजनाथ चौधरीले २० हजार ९०७ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका गुणनिधि तिवारीले १७ हजार ११६ मत पाएका थिए । क्षेत्र नम्बर २(२) मा कांग्रेसका बैजनाथ कलवार १४ हजार ५१५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी राजपाका नगेन्द्र अग्रहरिले १० हजार ४३६ मत पाएका थिए ।

नेपाली कांग्रेस जिल्ला सभापति अर्जुन पोखरेलले २ नम्बर क्षेत्रमा आउँदो निर्वाचनमा पनि देवेन्द्रराज कंडेल नै उठ्ने सम्भावना बढी रहेको बताए । ‘१ नम्बर क्षेत्रमा विनोद चौधरीको कुरा हाम्रो हातको कुरा होइन, सिधै पार्टी सभापतिले टिकट दिए हुने कुरा हो,’ पोखरेलले भने, ‘तर जिल्लाकै नेता छाडेर नयाँ नेता आउँदा जनतामा विश्वास कम, अन्तर्घात बढी हुन्छ ।’

पार्टीले अगाडि सारे आफू पनि यसपटक निर्वाचन लड्ने सोचमा रहेको नेता पोखरेलले चाहना व्यक्त गरेका छन् ।

गत स्थानीय तह निर्वाचनमा जिल्लाका ७ स्थानीय तहमध्ये ३ वटामा कांग्रेस, ३ वटामा एमाले र १ वटामा माओवादी केन्द्रले जीत निकालेका छन् । जिल्लामा मधेशवादी दलहरूको प्रभाव पनि छ । जसले आउँदो निर्वाचनको मतपरिणामलाई सोचेभन्दा फरक पनि पार्नसक्ने एमाले नेता आचार्यले लोकान्तरसँग बताए ।

@ Lokaantar

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/