Jilla Ban Notis

सुस्ता पालिकामा नेकपा एमाले संगठन विस्तारमा तिब्रता

0 36

फागुन–२६
मेरो वडा म जिताउछु,हाम्रो पालिका हामी जिताउछौ ,टोल टोलमा संगठन, घर घरमा एमालेजनू भन्ने अभियान का साथ नवलपरासी सुस्ता पश्चिम सुस्ता गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले ले संगठन विस्तार कार्यक्रम शुरू गरेको छ।
सरकारले स्थानीय तह को निर्वाचन मिति घोषणा गरे पश्चात् सुस्ता गाउँ पालिका का ७० औटै टोल हरु मा पार्टीको टोल कमिटी गठन गरी संगठन लाई चलायमान गराई अब को निर्वाचन मा नेकपा एमाले का सबै उमेद् वारहरूलाइ बिजयी गराउने प्रयास का साथ अगाडी बढ़ेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं सुस्ता कमिटी इंचार्ज धन बहादुर गुरुङ्गले जानकारी दिनुभयो।

केही समय पार्टीको केन्द्र मा भएको उतार चढाव ले गर्दा संगठन जुन किसिमले अघि बढ्न पर्ने त्यो किसमिले नबढेको भएपनि अहिले महाधिवेशन, जिल्ला अधिवेशन पछि संगठन जिल्ला भरि नै गति लिएको गुरुङ्गले बताउनु भयो ।
निर्वाचित भएर आईसके पछि सुस्तामा भएका बिकास , पार्टी का नीति तथा सिद्धान्त, अब हुने बिकास तथा सुस्ता लाई समृद्ध सुस्ता बनाउन का लागी आगामी कार्ययोजना सहित सबै घर परिवार मा पुग्ने गरी टोल कमिटी हरु गठन भईरहेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम सुस्ता कमिटी सह इंचार्ज तथा सुस्ता पालिका प्रमुख राम प्रसाद पाण्डेयले बताउनु भएके छ ।

फाल्गुण १५ गते पालिका कमिटी सचिवालय बैठक ले गरेको निर्णय अनुसार सुस्ता का सबै टोल मा ३० गते भित्र टोल कमिटी गठन गरी प्रशिक्षण तथा पार्टी प्रवेश सहितका योजना अघि बढाएको पाण्डेले बताउनु भएको छ ।


अलिहे पार्टी वडा कमिटी ,राष्ट्रीय युवा संघ पालिका, वडा कमिटीगठन भैसकेकाले अब अनेम संघ वडा कमिटी लगाएत सबै जनबर्गिया संगठनहरु विस्तार गरी आगामी निर्वाचनमा सूर्य ध्वजा बाहक सबै लाई बिजयी गराउने गरी आफुहरु एकजुट भएर संगठन विस्तार अभियानमा जुटेको नेपाल कम्युनिस्ट पार्टी सुस्ता पालिका अध्यक्ष ज्ञान प्रसाद पाठक संतोषले बताएका छन्।

अभियान सुरु गरेको पहिलो हफ्तामा सुस्ताका ३० ओटा टोलहरुमा एमालेको टोल कमिटी गठन भैसकेको पाठकले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.