Sarawal sit lahar Notis

अनेरास्ववियु र अखिल नेपाल किसान महासंघ नवलपरासीद्धारा ज्ञापन पत्र

0 73

कृष्ण ढकाल
बर्दघाट,माघ–१७
४ बुधेमाग सहित नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु नवलपरासीले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
संगठनका जिल्ला अध्यक्ष निरज पौडेलको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले पेट्रोलियम पदार्थमा गरीएको मुल्य वृद्धि नियन्त्रण, गर्ने देखि भारतीय पक्षको हस्तक्षेप रोक्नु पहल गर्नु पर्ने सम्मका मागहरु अघि सारेको छ ।
त्यसैरी विद्यार्थीहरुलाई प्रदान गरीदै आएको यातायातमा ४५ प्रतिशत छुटको ब्यवस्थालाई कार्यान्वयन गर्नु पर्ने देखि स्थानिय तहको निर्बाचनलाई समयमा नै सम्पन्न गर्ने वातावरण तयगर्नु पर्ने सम्मका माग अघि सारेको संगठनका जिल्ला अध्यक्ष निरज पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।

यता
अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति नवलपरासीले पनि आफ्ना विभिन्न मागहरु राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रद्यानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघका जिल्ला सह–संयोजक भिमकला भट्टराईको नेतृत्वमा गएको टोलीले समयमा नै स्थानिय तहको निर्वाचन गराउनु पर्ने, जिल्लामा डुवानमा परेका किसानहरुलाई उत्पादन लागतका आधारमा २ण् प्रतिशत अनुदान उपलब्ध गराउनु पर्ने,भारतीय पक्षले दशगजा क्षेत्र नजिक निमार्ण गरेको बांध हटाउनु पहल गर्नु पर्ने लगाएतका माग राख्दै ज्ञापन पत्र दिएको थियो ।
त्यसैगरी चिनी मिलहरुले किसानहरुको रकम भुक्तानी गर्नु पर्ने,विदेशी केराको आयात रोक्नु पर्ने र समयमा नै किसानहरुलाई मल खाद तथा बिउ विजनहरु उपलब्ध गराउनु पर्ने लागाए मागहरु राख्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा मार्फत प्रद्यानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो ।

Leave A Reply

Your email address will not be published.