Jilla Ban Notis

नेकपा एमालेको रामग्राम नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न ।

0 68

गौरीशंकर जयसवाल
परासी ९ असोज
नेकपा एमाले पश्चिम नवलपरासीको नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ । रामग्राम नगर कमिटी पश्चिम नवलपरासीको आयोजनामा आज मनमोहन स्मृति भवन परासीमा नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न हो ।प्रशिक्षण भेलालाई सम्बोधन गदै लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका सासद भगवती भणडरीले ओली नेतृत्वमा गरेका काम जनतामा प्रचारप्रसार गर्न नेता कार्यकर्ताहरूलाई अग्रह गर्नुभएको छ । उहाँले माधव नेपाल पक्षका एप पार्टी गएपनि एमाले पार्टी केही असर नगरेको दाबि गर्नुभयो ।

कार्यक्रम प्रमुख अतिथि समेत रहनुभएको भण्डारीले पार्टीले दुई जना सासदलाई कार्वाही गरेको सिफारिस प्रदेश सभाले कावार्हि सुचना टाँस नगरेसम्म प्रदेश सभाको बैठक चल्न नदिने बताउनुभयो ।रामग्राम नगर कमिटीका अध्यक्ष हरि लाल यादवको अध्यक्षमा भएको कार्यक्रममा रामग्राम नगरपालिका वडा ५ का वडाअध्यक्ष का बिनोद कुवर पार्टीका प्रदेश बिभागका केन्द्रीय सदस्य सुमन गोपाल अचार्य पार्टीका ,सचिवाल सदस्य एव रामग्राम नगरका सहईन्चार्ज सस्वती सुबेदि , जिल्ला कमिटि सदस्य रूदल यादव जिल्ला कमिट सदस्य धनपत यादव नगरसचिव दिपक गैरे लगायतले आ अफानो धरणा राख्नु भयो थियो ।

Leave A Reply

Your email address will not be published.