Jilla Ban Notis

सुस्तामा बोयर जातको बोका वितरण ।

0 119

कृष्ण ढकाल

बर्दघाट,साउन–२३

सुस्ता गाउँपालिकाले आफ्नो पालिका भित्रका सबै वडामा एक÷एक वटा बोयर जातको बोका वितरण गरेको छ । बाख्रापालन गर्दै आएका सुस्ताका कृषकहरुको आर्य आर्जजमा बृद्धिगरी उनीहरुलाई ब्यवसायिक बनाउने उद्धेश्यले सुस्ता गाउँपालिकाले बोयर जातको बोका वितरण गरेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भएको छ ।

अहिले सम्म पुरानै परम्परागत शैलिमा बाख्रापालन गर्दै आएका किसानहरुलाई अब ब्यवसायिक नबनाए सम्म सुस्तालाई समृद्धि बनाउन नसकिने भएका कारण पनि हरेक किसानहरुलाई ब्यवसाय मुखि बनाउन गाउँपालिकाले विभिन्न खालका आयमुलक  र प्रविधिको प्रयोग गर्ने सिप मुलक  तालिमहरु समेत दिदै आएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

सुस्ताका किसानहरुको उत्पादन वृद्धि गर्न र  कम लागतमा बढी आम्दानी गर्नका लागि कृषि औजार तथा उन्नत जातका विउ विजन र मलखाद्यहरुको सर्ब सुलभताका लागि सुस्ता गाउँपालिकाले निक्कै पहलकदमी गर्दै लागत साझेदारी तथा अनुदामा थुप्रैकामहरु गरेको अध्यक्ष पाण्डेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.