Bardaghat Nagarpalika
Bidhuta Bitaran kendra Notice
Qaliti Almuniyam Bardaghat

बुद्धमंगल ताललाई बौद्धकालीन सभ्यताको पहिचान झल्काउने तयारी गरीदै ।

Susta Gaupalika
0 208

कृष्ण ढकाल
बर्दघाट,असार–२५
नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्वर–१२ मा अवस्थित बुद्धमंगल ताललाई बौद्धकालीन सभ्यताको पहिचान झल्काउने तयारी गरीदै छ । बौद्धकालीन सभ्यताको पहिचानका रुपमा रहेको तात्कालिन हलिदाबसन शहर बर्दघाट–१२ को बुद्धमंगल तालक्ष्ँेत्रमा पर्ने दावी सहित बर्दघाट नगरपालिकाले सो क्षेत्रलाई हलिदाबसन शहर रहेको पहिचान दिने गरी बुद्धमंगल तालको विचमा १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरीएको छ ।

तीन महिना लगाएर मूर्तिकार बिके नरबहादुरले बुद्धमंगल तालको बिचमा १२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरेका छन् । बर्दघाट नगरपालिकाको ५ लाख रुपैयाको लागतमा उक्त मुर्ति निमार्ण गरीएको हो ।

तात्कालिन हलिदाबसन शहरसँग मेल खाने ऐतिहासिक एवं बुद्धकालीन पुरातात्विक महत्वको बुद्धमङ्गल तालक्ष्ँेत्रलाई धार्मिक एवं पर्यटन प्रवद्र्धनका हिसाबले विकास, संरक्षण तथा प्रवद्र्धन गर्ने गरी बर्दघाट नगरपालिकाले तालको बिचमा बुद्धको मूर्ति निर्माण गरीएको बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनु भएको छ ।

बुद्धग्रन्थहरुमा उल्लेख गरिए अनुसार तत्कालीन कोलिय गणराज्यको हलिदावसन शहरमा बुद्ध आएर नित्य पाठ गरी शिष्यहरुलाई दीक्षित गर्नुभएको ऐतिहासिक तथ्यका आधारमा नगरपालिकाले त्यस क्षेत्रलाई छिट्टै प्राचीन हलिदाबसन शहर घोषणा गर्ने पनि तयारी गरेको बताउनु भएको छ ।

पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्यको सम्भावना रहेको बुद्धमंगल ताल क्षेत्रमा अहिले बौद्ध गुम्बा, जलदेवी मन्दिर,शिवालय मन्दिर,सरस्वतीको मन्दिर,१०८ शिवलिङ्ग, लगाएतका थुप्रै भौतिक तथा प्राकृतिक संरचनाहरु रहेका छन् ।

तालको सौन्दरीकरण र संरक्षणका लागि लागि लुम्बिनी प्रदेस सरकारले ६५ लाख बढी रकम खर्च गरी सकेको लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । प्रदेस सरकारले तालको वरीपरी वाल निमार्ण गर्ने देखि तालक्षेत्रको संरक्षणका लागि पर्खाल निमार्ण गर्ने कार्यमा सो रकम खर्च भएको छ ।

लुम्बिनी प्रदेस सरकारले बौद्ध सर्किटसंग जोडेर लुम्बिनी,देवदह,रामग्राम,बुद्धमंगल हुदै सुस्ताको अनुमाघाट सम्मको बौद्ध सर्किटको परिकल्पना गरी बुद्धमंगल तालको विकास र संरक्षणमा रकम विनियोजन गरेको लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।

बुद्धमङ्गल जागृति महिला सामुदायिक वन उपभोक्ता समूहले बुद्धमङ्गल ताललाई सिमसार क्षेत्रका रुपमा संरक्षण गर्दै आएको थियो । बौद्धकालीन सभ्यताको पहिचान रहेको क्षेत्र भएको थाहा भएसंगै त्यसक्ष्ँेत्रका स्थानीय क्लब ,आमा सुमह र स्थानीय बासिन्दाहरु अहिले यस तालको सौन्दर्यकरण गर्ने र संरक्षण गर्ने तर्फ निरन्तर लागिरहेका छन् ।

त्रिवेणी –परासी हुलाकी सडक खण्डको धनेवाक्ष्ँेत्रवाट आधा किलोमिटर उत्तरमा रहेको करिब सात बिघा क्षेत्रफलमा फैलिएको बुद्धमंगल तालको उचित संरक्षण र प्रचार–प्रसार गर्न जरुरी देखिएको छ ।

palinandan
टिप्पणिहरु
Loading...