Jilla Ban Notis

शान्ति ज्योति विकास प्रतिष्ठानद्धारा कमला थापा सुनारलाई ५१ हजार सहयोग प्रदान

0 32

माधब प्रसाद घिमिरे
बर्दघाट,असार–१४
बर्दघाट नगरपालीका वडा न २ को ब्लक न ३ निवासी कमला थापा सुनारलाई शान्ति ज्योति विकास प्रतिष्ठानले आफ्नो अगुवाईमा संकलन गरेको ५१ हजार असी रुपैया हस्तान्तरण गरीएको छ ।
प्रतिष्ठानले स्देशमा रहेका र विदेशमा रहेकाहरुसंग सहयोग मागेर संकलन गरेको उक्त रकम कमला थापा सुनारलाई हस्तान्तरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष धनश्याम नेपालीको नेतृत्वमा भएको रमक सहयोग अभियानमा,खेम चापागाई,दिपक ज्ञवाली,निस गुरुङ्ग,रबि नेपाली,विवेक लामा,अनुप पोखरेल,शम्भु श्रेष्ठ,आशा शाही,बिष्णु कानुङ्ग र सत्य देवि पौडेलले नगर सायोग गर्नु भएको थियो ।

गत जेष्ठ १६ गते राती आएको हावाहुरी सहितको पानीले बर्दघाट –२ ,चिसापानी निवासी कमला थापा सुनारको घर हावा हुरीले उडाएर सामाजिक भवनमा बस्दै आएकी सुनारको सहयोगको लागि गाउँले दर्पण अनलाईन मार्फत गरीएको सहयोगको भिडियो अपिलसंग कमलालाई सहयोग गर्ने सहयोगी हातहरु अघि बढेका छन् ।

त्यसैगरी सोही भिडियो हेरेसंगै विदेशमा कामको शिल–शिलामा मृत्युभएका कमला थापा सुनारका श्रीमानको शव नेपाल ल्याउन नसकेको अवस्थामा अहिले कानुनि प्रक्रिया पुरागरी नेपाल ल्याउने तयारी समेत अन्तीम चरणमा पुगेको बुझीएको छ ।

Leave A Reply

Your email address will not be published.