Sarawal sit lahar Notis

कार्ल मार्क्स को सपना ः मदन सुवेदी

0 70

कार्ल मार्क्स लाई अर्थतन्त्र को बारेमा गहिरो ,अद्भुत ज्ञान थियो तर उनलाइ मानव जिवन को बारेमा थोरैमात्र ज्ञान थियो।उनले यस्तो कलपना गरेका थिए कि सन्सार को सबै भन्दा धनि रास्ट्र कम्यूनिष्ट हुने छ।मनिसहरुले आफ्नो सम्पती एक अर्कालाइ बाड्नेछ्न् ।त्यो एउटा सुनौलो सपना थियो ।जिवन्त सपना।यो सन्सार सुनौलो बनाउने सपनाहरु मध्य त्यो सबै भन्दा सुन्दर सपना थियो जहाँ सबै मानिस समान हुनेछन् सबै सङग सब चिज हुनेछ।कसैले आवस्यकताको आधारमा सब चिज प्राप्त गर्ने छ लोभको आधार मा होइन।तपाइँले अर्बौ कमाउन सक्नुहुन्छ म कत्ती पनि नकमाउन सक्छु तर एक पद्दती बाट तपाईं आफु संग भएको मसङ्ग बाड्न चाहानु हुन्छ।यो कार्ल मार्क्स को सपना थियो ।
एक पटक मार्क ताइन रसिया को बाटोमा हिंडीरहेका थिए उनको अगाडि एउटा भद्र बब्यक्ति पनि थियो ।मार्क ले उनको अगाडि गएर सोधे ,सज्जन १के तिमी वास्तविक कम्यूनिष्ट होरुहो किन नहुनु म पार्टी को सद्स्य पनि त हो म गर्व गर्छु आफू कम्यूनिष्ट हुनुमा।मार्क थप्छन् ,ल ठिक छ तेसो भए यदि तिमि सङ्ग २ वटा घर भए के पार्टी को अर्को कमरेड लाई दिनुहुन्छ तरु किन नदिनु म पार्टी को सद्स्य जो छु सिद्धान्तनिष्ठ भएर लाग्छु म गाउँ कमिटी अध्यक्ष पनि हो ।,तेसो भए तिमी सङ्ग २वटा बग्गी भए के अर्को कमरेड लाई दिनुहुन्छरुभद्र ले उत्साहित हुँदै भ्ने दिन्छु नि किन नदिनुरुमार्क ले फेरि सोधे,तिमी सङग अहिले २वटा कुखुरा रैछ तेसो भए यो अर्को कुनै कमरेड लाई देउन तरुभद्र ब्यक्ति निराश हुँदै भने ,यो तपाईं ले के भन्नू भेको हो ,मसङग २ वटा मात्र कुखुरा छन् जो अहिले मसङ्ग छ्न् त्यो म कसरी दिन सक्छु
मानिसहरु त्यो चिज अरुलाइ बाड्न चाहान्छ्न् जुन उनिहरु सङ्ग छैन।जब सन्सार का बिपन्न बर्ग र गरिब हरुले कम्यूनिज्म को बारेमा कुरा गर्छन् यो बेला बास्तवमै कम्यूनिज्म कुरुप हुन्छ ।त्यो सुन्दर हुदैन तर त्यो तेतिबेला मात्र सुनौलो हुन्छ जब उपल्लो बर्ग ले यो सपनालाइ आफ्नो सपना बनाउन सक्षम हुनेछन् ।जनयुद्द र विभिन्न आन्दोलन र क्रान्ती हुनुको पछाडि यहि नै एउटामात्र कारण हो ।
रुस मा जोसेफ स्टालिन को समयमा भनिन्छ त्यो क्रान्ति मा २७ मिलियन मानिसहरुको मृत्यु भयो मात्र एक सपनाको लागि।यो संख्या दोस्रो विस्वयुद्द मा मर्ने मानिसहरुको संख्या भन्दा ३ गुना ठुलो हो।तेति धेरै मानिसहरु मर्नुको पछाडि एउटा मात्र कारण थियो कि त्यहाँ का गरिबहरु ले यो सपना बोकेका थिए ।र त्यो कुरा बाडेर उनिहरु समानता कायम गर्न चाहान्थे जुन कुरा उनिहरु सङ्ग थिएन ।

 नेपालमा पुर्ण रुपमा जन्युद्द सफल हुन सकेन किनकी मुलतः त्यो सर्बहारा बर्गको मात्र सपना बन्यो ।तर जन आन्दोलन सबै बर्ग सपना बन्यो र सफल भयो र संख्यात्मक रुपमा यसलाइ धेरैले आत्मसाथ गर्छ्न।त्यसैले जन्युद्द इतिहासमा सधै ओझेल मा पर्ने सम्भावना पर्वल छ कारण यो उपल्लो बर्ग को सपना बनेन। 

देशमा आफ्नो मात्र ब्यक्तिगत सपनाको भलो चाहने सिमित तत्वहरुले यो सुन्दर सपनालाइ बिर्सन बाध्री बनाएका छ्न् कुनै न कुनै रुपमा।मुल रुपमा तिनिहरु नै मार्क्स को सपनाका सबभन्दा ठुलो शत्रुहरु हुन् ।जसलाइ दलाल पुजीवादी वा पुजीवादी दलाल भनिन्छ ।सत्ता को आड मा बसेर होस या चाप्लुसी गरेर यिनले वास्तविक क्रान्ती लाई सधै दबाइ नै राख्छन् भ्रष्टाचार लाई बढी प्राथ्मिक्ता दिन्छ्न संरक्षण गर्छ्न।
यो ठुलो आइडिया थियो ,कार्ल मार्कस ले क्रान्तिको शरीर त खडा गरे तर त्यो शरीर का खुट्टाहरु तल्लो बर्ग ,सर्बहारा बर्ग र गरिब हरुलाइ बनाए।त्यसकारण विश्व कम्यूनिष्ट आन्दोलन प्रतीरक्षा को स्थिति मा छ।देश्मा भने साम्स्कृतिक आन्दोलन अपरिहार्य भएको छ।

✍️ मदन सुवेदी (बिध्यार्थी नेता ,अनेरास्ववियूू पश्चिम नवलपरासी )

Leave A Reply

Your email address will not be published.