sunwal

आ.व.२०७६र०७७मा सरावलको न्यायिक समितिमा १ सय८ मुद्दा दर्ता

३९ वटा मुद्दा छिनोफानो ६९ वटा प्रक्रियामा

105

उमेश बि.क
सरावल ,साउन–३१
देश लकडाउनमा भैरहदा नवलपरासी जिल्लाको स्थानीय तहका न्यायिक समितिहरुले आ–आफ्नै शैलिमा कार्यगरीरहेका छन् । बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै न्यायिक समितिले आज सम्म स्वास्थ्य सुरक्षा अपनाउँदै न्यायिक सम्पादन गरीरहेका छन् ।  नवलपरासी जिल्लाको सरावल गाउँपालिकाको न्यायिक समितिले पनि आफ्नो न्यायिककार्य सम्पादनलाई प्रभावकारी बनाएको छ । अहिले सम्म यो आर्थिक बर्ष २०७६र०७७ असार मसान्त सम्म सरावल गाउँपालिकाको न्यायिक समितिमा १०८ वटा मुद्दा दर्ता भएको थियो। जसमध्ये ३९ वटा मुद्दा छिनोफानो भइसकेको र ६९ वटा प्रक्रियामा रहेको न्यायिक समितिकी संयोजक उत्तमा रायले जानकारी दिनु भएको छ । अधिकांश मुद्दाहरु जग्गा बिवाद, घरायसी झैँ झगडा रहेको सरावल गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक उत्तमा रायले बताउनु भएको छ । कोरोनाको जोखिम बढ्दै गएको बेलामा स्वास्थ्य सुरक्षाको सावधानी अपनाउँदै सामाजिक दुरी कायम गरी न्याय सम्पदान गर्ने गरिएको उहांले जानकारी दिनुभयो ।
पक्ष ,विपक्ष र न्यायिक समितिका पदाधिकारी बसेर दुवै पक्षका कुरा सुनेर सहमतिमा मुद्दा टुंग्याउने गरिएको रायले बताउनु भयो । गाउँपालिकामा आउने मुद्दा न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्छ वा पर्दैन भन्ने हेरेर निरूपण गर्ने गरिएको रायले बताउनु भयो। न्याय निरूपण कार्य राजनीतिक भाषण गरेजस्तो सजिलो नभएको बताउदै ‘दुवै पक्षलाई चित बुझ्ने गरी न्याय निरूपण गर्नु गाह्रै काम रहेको बताउनु भयो ।