Jilla Ban Notis

रामग्राम जेसीजद्धारा कृषक सम्मान तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न

0 22

परासी, १५ असार
रामग्राम जेसीज परासीले रामग्राम नगर भित्रका उत्कृष्ट कृषकलाई सम्मान तथा दही चिउरा खाने कार्यक्रम गरेको छ । आज असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर रामग्राम जेसीजले उक्त कार्यक्रम गरेको हो । धान दिवसको अवसर पारेर रामग्राम जेसीजले समतामूलक तरकारी व्लक समिति रामग्राम–१७ का अध्यक्ष उस्मान गनि मोमिन, भाईबहिनी च्याउ उद्योग रामग्राम–४ का केशवराज थारु, शिगि बहुउद्देश्यीय कृषि फर्म रामग्राम–३ का गिता चौधरी र रामग्राम–१६ का धानखेती कृषक मुक्ति चौधरीलाई सम्मान गरेको हो । कृषकहरु राष्ट्रका धरोहर भएकोले उनीहरुलाई थप प्रोत्साहन गर्न तथा असार १५ मा नेपाली परम्परागत संस्कृति अनुसार दही चिउरा खाने परम्परा रहेकोले संस्कृति संरक्षणका लागि पनि जेसीजले कृषक सम्मान र दही चिउरा खाने कार्यक्रम गरेको रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीले जानकारी दिनुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवरले रामग्राम जेसीजले यस वर्ष उदाहरणीय सामाजिक कार्यहरु गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई रामग्राम नगरपालिकाले उच्च प्राथमिकता दिएर विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै आगामी वर्ष पनि कृषक प्रोत्साहनका लागि विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको बताउनुभयो । रामग्राम जेसीजका अध्यक्ष अग्रहरीको अध्यक्षता तथा रामग्राम नगर उपप्रमुख कुंवरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकाल, महिला जेसीजकी पूर्व अध्यक्ष रिंगला यादव, नेपाल बाल संगठनका जिल्ला सचिव बसन्त पराजुली, पत्रकार हुसेन अन्सारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रामग्राम जेसीजका पर्यटन निर्देशक मोहन पौडेलको सञ्चालन, कार्यक्रम संयोजक अनिल उपाध्यायको स्वागत तथा सहसचिव नन्दु यादवको आस्था पाठमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.