kalika

पाल्हीनन्दन गाउंपालिकाका अध्यक्ष गुप्ता सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई गृहजिल्ला पठाउदैमा ब्यस्त ।

46

फूलकुमारी ढकाल
बर्दघाट, जेष्ठ –१३

पाल्हीनन्दन गाउंपालिकाका अध्यक्ष दिपक गुप्ताले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेका ४० जना नेपालीहरुलाई उनीहरुको गृह जिल्ला पठाउन सहजिकरण गर्नु भएको छ । सिमाक्षेत्रमा अलपत्र परेका नेपालीहरुले आफ्नो गृह जिल्ला जान ईच्छाजाहेर गरेकाले उनीहरुलाई गाडीको ब्यवस्था गरेर पठाएको पाल्हीनन्दन गाउंपालिकाका अध्यक्ष दिपक गुप्ताले बताउनु भएको छ ।  उहांले नेपालको पूर्वी जिल्ला ईलाम देखि पश्चिमको कैलाली सम्मका नेपालीहरुलाई उद्धार गरि घर पठाएको थियो। यस अघि पनि विभिन्न जिल्लाका नेपालीहरु महेशपुर नाकामा अलपत्र परेको अवस्थामा उनीहरुलाई पाल्हीनन्दनमा बनाईएका क्वारेन्टाईनमा बस्न आग्रह गर्दा उनीहरुले आफ्नै जिल्लामा गएर क्वारेन्टाईनमा बस्ने भन्दै आफ्नो गृह जिल्लामा पठाउन आग्रह गरेअनुसार आफुले पठाउन सहजिकरण गरेको अध्यक्ष गुप्ता ले बताउनु भयो ।