Holi care school

सीमा क्षेत्रमा तारबार गर्न सुस्ताका युवाहरुको माग, आदेश दिए युवा आफैले तयार गर्ने ।

61

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३०

सुस्ता गाउँपालिकाका स्थानिय युवाहरुले आफ्नो सीमा क्षेत्रमा तारबार गर्न आफुहरु तयार रहेको बताएका छन् । उनीहरुले पटक–पटक विभिन्न वाहानामा नेपाल–भारतको खुल्ला सिमानाले नेपाल र नेपालीहरुलाई समस्यामा पारेको भन्दै अब सीमा क्षेत्रमा तारबार गर्न जरुरी रहेको बताएका हुन । उनीहरुले सुस्ता गाउँपालिकाले केन्द्र सरकारसंग समन्वयगरी सुस्ता गाउँपालिकाको सीमा क्षेत्रमा तारबार गर्न आदेश दिए सुस्ताका स्थानिय युवाहरुले राज्यको एकपैसा लगानी नलगाई आफ्नै पहलमा सुस्ताक्षेत्रको सबै सीमानामा तारबार गर्न आफुहरु तयार रहेको जनाएका छन् । अहिले लक डाउनका वेलामा सिमा क्षेत्रमा प्रहरी प्रशासनको कडा निगरानी र रातको समयमा लाईटको समेत ब्यवस्था गर्दापनि भारतवाट लुकिछिपि नेपाल प्रवेश गर्ने र चोरी तस्करी गर्नेकार्यमा कमी नआएको भन्दै अब सिमाक्षेत्रमा तारवार गर्नुको विकल्प नरहेको उनीहरुले बताएका छन् । पछिल्लो समय विभिन्न सामाजिक संजालको प्रयोग गरेर उनीहरुले आफ्नो गाउँपालिका क्षेत्र भित्रको सिमानामा तारजाली गर्न केन्द्रीय सरकारको आदेशको प्रतिक्षामा रहेको जनाएका छन् ।
सामाजिक संजालको प्रयोग गरेर नेकपा सुस्ता गाउँकमिटीका अध्यक्ष सन्तोष पाठकले सीमा विवाद भएको ठाउँहरूमा सेना र ससस्त्र प्रहरी को बाक्लो उपस्थिति गराउन माग गर्नु भएको छ । त्यसैगरी उहांले सिमा सम्वन्धि कुटनैतिक पहल गरी विवाद टुंग्याउने र अन्य सीमा मा तारबार लगाउन पहल गर्नका लागि आवश्यक रहेको जानउनु भएको छ । आवस्यकता अनुसार छोटी भन्सार र भन्सार कार्यालय स्थापना गरेमा आगामी पुस्ता ले गर्व गरी म नेपाली हो भन्न सक्ने गरी अहिलेको सरकार अघि बढेनु पर्ने उहांको भनाई रहेको छ । यसरी तार बार गर्नलाई लागेको खर्च ६महिना भित्र भन्सार राजस्व संकलन बाट असुली हुने समेत उहांको तर्क रहेको छ ।
त्यसैगरी मंगलवार राष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउँकमीटिका संयोजक ईश्वर प्रसाद उपाध्यायले पनि आफ्नो सामाजिक संजाल पेजको प्रयोग गरेर सुस्ता गाउँपालिका सीमा क्षेत्रमा तारबार गर्न आफुहरु तयार रहेको कुरा उल्लेख गर्नु भएको छ ।
त्यसैगरी हिजो नवलपरासीको प्रतापपुर गाउंपालिकाको कठहवा र बहुवान भारत बोर्डर क्षेत्रमा एकजना महिलाले बोर्डरमा बाख्रा चराउदै गर्दा भएको विवादले सृजना भएको समस्या निक्कै दुःख रहेको राष्ट्रिय युवा संघ नेपालका नवलपरासी जिल्ला संयोजक युवराज डुम्रेले बताउनु भएको छ । उहांले यदि सिमाक्षेत्रमा तारजाली भएको भए उक्त विवाद सृजना नहुने भन्दै अब सिमाक्षेत्रमा सुरक्षा चुनौती थपिएका बताउनु भयो । यहांले सिमाक्षेत्रमा तारजाली आवश्यक रहेको बताउदै सिमाक्षेत्रमा सुरक्षाकर्मी थप गर्नु आवश्यक रहेको समेत बताउनु भएको छ ।

तस्बिर ः सञ्चारकर्मी रविन्द्र यादवबाट

यता बर्दघाटको दक्षिणी क्षेत्रतिरवाट समेत चोरी तस्करीहुने क्रम बढेकाले नेपालको एैतिहासिक भूमि सुस्तावाट उठेको आवाजलाई केन्द्रीय सरकार र सोकारवाला सबै पक्षले गम्भिरतापूर्वक लिएर नेपालका सबै दक्षिणी सिमानामा ताल जालीमात्र हैन अब पर्खाल नै लगाउन आबस्यक रहेको कुरा बर्दघाट–१२ का युवा नेता देवेन्द्र पौडेल सुजितले् आफ्नो सामाजिक संजालको पेजमा उल्लेख गर्नु भएको छ ।
उहांले नवलपरासीको प्रतापुरक्षेत्रमा सिमा सुरक्षा को लागि खटिएका प्रहरी जवान माथी भएको आक्रमण निन्दनीय रहेको भन्दै सम्बन्धित निकाय ले गम्भीरता पुर्बक सोचेर एक्सन मा जान जरुरी उल्लेख गर्नु भएको छ ।
यसअघि सुस्थाका युवाहरुले भारतसंग सिमा जोडीएको सुस्ताक्षेत्रको सिमाक्षेत्रमा विजुली वत्तीको ब्यवस्थागरी रातीको समयमा उज्यालो गराएर प्रहरीहरुलाई निग्रानी गर्न सहजहुने बतावरण तयार गरेका छन् ।