sunwal

उद्योग वाणिज्य महासंघ प्रदेश ५ द्धारा प्रदेशको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा दुई लाख एकाउन्न हजार नगद सहयोग

192

बर्दघाट,चैत २५
उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर पाँचले प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषमा दुई लाख एकाउन्न हजार नगद सहयोग गरेको छ । महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले प्रदेश पाँचका मुख्य मन्त्री शंखर पोखरेललाई २ लाख ५१ हजार रुपैयाँ नगद  हस्तान्तरण गर्नुभएको थियो ।    महासंघका प्रदेश अध्यक्ष तिवारीले उद्योगि व्यवसायी पनि कोरोनाको कारण नराम्ररी प्रभावित भएको बताउदै यस तर्फ सरकारले ध्यानपुर्याउनु पर्नेमा जोड दिनुभएको थियो । सहयोग रकम हस्तान्तरणका क्रममा उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारी, रुपन्देहि उद्योग वाणिज्य संघका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।
त्यसैगरी सोही क्रममा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले खुल्ला सिमा हुदै रातको समयमा मानिसहरु भित्रने क्रम जारी रहेको मुख्य मन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेलले कोरोना विरुद्धको लडाँईमा खुल्ला सिमाना चुनौतिको रुपमा देखिएको बताउदै सबै एक जुट भए मात्र कोरोना नियन्त्रणको कार्य मा लाग्न जरुरी रहेको बताउनु भएको बताईएको छ । त्यसैगरी मन्त्री पोखरेलले आवश्यक परे बजेट रकमान्तर गरेर पनि कारोना संक्रमण विरुद्धको कार्य प्रभावकारी बनाईने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको अध्यक्ष भण्डारीले बताउनु भएको छ । ।