Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. १४ मा क्षमता अभिवृद्धि तथा उद्घोषण तालीम शुरु ।

0 56

कृष्ण ढकाल
बर्दघाट,माघ–५

बर्दघाट नगरपालिका वडा नं. १४ मा क्षमता अभिवृद्धि तथा उद्घोषण तालीम शुरु भएको छ । बर्दघाट–१४ पवित्रवस्तीमा रहेको पवित्र आमा समुहको आयोजना तथा बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा उक्त एक हप्ते तालीम शुरु भएको हो ।   आमा समुहकी अध्यक्ष हुमा देवि पाण्डे मगरको अध्यक्षता र बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेयालको प्रमुख आतिथ्यतामा तालीमको समुद्घाटन भएको थियो । सो अवसरमा वोल्दै प्रमुख अतिथी पौड्यालले महिलाहरु आफैमा सक्षम र जागरुक हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । महिलाहरु अझैपनि पुरुषहरुको भरपर्ने कारणले महिलाहरु पछि परेको बताउदै अब महिलाहरुले आफ्नो क्षमताको विकासगर्दै नेतृत्व लिनका लागि तयार हुनु पर्ने बताउदै तालीमले त्यसका लागि सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी बर्दघाट नगरपालिका वडा नं. १४की वडासदस्य मञ्जु पाण्डेले महिलाहरु संगठित भएर अघि बढे सबै पुरुषहरुले गर्ने काम महिलाहरुले पनि गर्न सक्ने भन्दै त्यसका लागि वोल्ने कलाको विकास गर्न जरुरी रहेको बताउनु भएको थियो । तालीम उद्घाटन कार्यक्रममा, नव जागृत युवा क्लवका अध्यक्ष चित्र बहादुर गुरुङ्ग,टोल विकास संस्थाका अध्यक्ष रमानसिंह जर्गा लगाएतको उपस्थिती रहेको थियो ।
अनिता काफ्लेको स्वागत मन्तब्यवाट शुर भएको तालीम समुद्घाटन कार्यक्रमको संचालन आमा समुहकी सदस्य दिनु काफ्लेले गनुृ भएको थियो । माघ ५ गतेवाट शुरु भएको उक्त तालीममा स्थानिय ३५ जना महिला पुरुषहरुको सहभागिता रहेको थियो भने तालीमको सहजीकरण पत्रकार कृष्ण ढकालले गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.