Sarawal sit lahar Notis

चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः होम बहादुर गुरुङ्ग निर्वाचित

0 100

कृष्ण ढकाल/रामु भूषाल
बर्दघाट,चैत्र–२२

पश्चिम नवलपारसीमा अवस्थित चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट २ चिसापानीको १९ औ बार्षिक साधारणसभा एवं ९ औ अधिवेश संस्थाको प्राङगण मा सम्पन्न भएको छ ।
सोमवार भएको समुहको ९औं अधिवेशनवाट समुहको अध्यक्षमा होम बहादुर गुरुङ्ग पुनः अध्यक्षमा निर्वाचीत हुनुभएको हो । अध्यक्षका प्रत्यासी अनिल गुरुङ्गलाई ११ मतले पछि पार्दै होम बहादुर पुनः अध्यक्षमा निर्वाचीत हुन सफल हुनुभएको निर्वाचन मंडलका संयोजक शिव पौडेलले जानकारी दिनु भएको छ । होम बहादुर गुरुङ्गले १७ मत प्राप्त गर्दा अनिल गुरुङ्गले ६ मत प्राप्त गर्नु भएको थियो ।

२३ सदस्य कार्य समिति रहने समुहको कार्य समितिका अन्य पदमा सहमति जुटेको र अध्यक्ष पदका लागि सहमति जुट्न नसक्दा निर्वाचनमा होमिन पुगको थियो । समितिको उपाध्यक्षमा ईन्दु देवि चौधरी,सचिवमा होम बहादुर सुनार मनोज सह सचिवमा कृष्ण जिवन तिवारी र कोषाध्यक्षमा सरस्वती सुनार मनोनित हुनु भएको छ ।

सोमवार भएको १९ औ बार्षिक साधारणसभा एवं ९ औ अधिवेशको उद्घाटन कार्यक्रम समुहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता तथा डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्र राज वाग्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि वाग्लेले सामुदायिक वन ले नेपालको पहिचान दिएको र त्यस्को श्रेय आम उपभोक्तालाई रहेको बताउदै सो पहिचान कायम राख्न सम्पुर्ण उपभोक्ता हरुले सामुदायिक वनलाई संरक्षण गर्नुपर्ने मा जोड दिनु भएको भयो ।
साथै उहाले सामुदायिक वनले आफ्नो आम्दानीको कम्तिमा २५ प्रतिशत वन विकाश र वन संरक्षणमा खर्च गर्नुपर्ने र बाकी रहेको रकमलाई विकास निर्माणका लागी स्थानिय तह संग सहकार्य गरेर महिला सशक्तिकरण , उधम बिकास र गरिबि न्युनिकरण मा खर्च गर्नुपर्ने वन ऐन मा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बर्दघाट वार्ड नं. २ वडाध्यक्ष एवं समुहकी सल्लाहकार दया दर्लामी , सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य गिता चौधरी ,सामुदायिक वन उपभोक्ता महासंघ पश्चिम नवलपरासीका अध्यक्ष कमल परियार , बैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष यज्ञ पाण्डे , निवर्तमान अध्यक्ष एवं समुहका सल्लाहकार चन्द्र बहादुर बुढा , पारिजात सामुदायिक वनका कार्य बहाक अध्यक्ष आनन्द पुरी लगाएतले सामुदायिक वनले गरेका का र त्यसको प्रभावका वारेमा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाको बार्षिक प्रगती प्रतिवेदन समुहका अध्यक्ष होमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो भने समुहको बार्षिक तथा आगामी कार्यनिति प्रतिवेदन सचिव अनिल गुरुङले प्रस्तुत गर्नुभएको थियो , त्यस्तै कोषाध्यक्ष लिला देवी ऐरी रेग्मीले समुहको आर्थिक बर्ष २०७७।७८ को कुल ६७ लाख ३३ हजार ३ सय ८६ रुपैया बराबरको आर्थिक आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा लेखा समितिको प्रतिवेदन लेखा सदस्य ज्ञानेन्द्र रानाले प्रस्तुत गर्नुभएको थियो भने अनुगमन तथा मुल्यानंकन समितिको प्रतिवेदन समितिका संयोजक लोकेन्द्र बहादुर चन्दले प्रस्तुत गर्नुभएको थियोे ।

सो अवसरमा समुहले आफ्नो कार्यक्षेत्र भित्र रहेका १० ओटा सामुदायिक बिध्यालयका आफ्ना उपभोक्ताका गरिब तथा जेहेन्दार १० जना बालबालिकालाई जनही १० हजार नगद शैक्षिक उन्नतीका लागी सहयोग स्वरुप प्रदान गरेको थियो । समुहका उपाध्यक्ष ईन्दु देवी चौधरकिो स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन समुहका सचिव अनिल गुरुङले गर्नुभएको थियो ।

बर्दघाट नगरपालिकाको वार्ड नं. २,३,१२ र १३ सरावल गउपालिकाको वार्ड नं. ५ र ६ र पाल्हिनन्दन गाउपालिकाको वार्ड नंं १ गरी कुल ३३५० घरधुरी आवद्ध रहेको चिसापानी सामुदायिक वनको कुल क्षेत्र फल ४९५.७६ हेक्टर रहेको छ । सो सामुदायिक सामुदायिक वन २०६५ सालमा विधिवत विधान दर्ता भएको हो ।

Leave A Reply

Your email address will not be published.