Jilla Ban Notis

स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित पाल्हीनन्दनका गुप्ता पक्राउ ।

0 16

काठमाडौं,कार्तिक–२१

नवलपरासीको  पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता  स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित  पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट उनलाई शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो । थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताए । @अन्नपूर्ण अनलाईन

Leave A Reply

Your email address will not be published.