Sarawal sit lahar Notis

सुस्ता गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

0 133

गाैरीशंकर जयसवाल
परासी असार–२९
पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।पश्चिम नवलपरासीको तीन वटै गाउँपालिका मध्ये सुस्ता गाउँपालिका जिल्लाकाे पहिलाे गाउँपालिकाकाे कोभिड १९ बिरुद्धको खोप पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएकाे हाे ।

१२ वर्ष भन्दा माथिका नागरिकले कोभिडबिरुद्धको खोप अधिकांशले लिएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएकाे सुस्ता गाउँपालिकाकाे प्रमुख प्रशाकिय अधिकृत बुद्वप्रकाश पाैडेलले जानकारी दिए ।जिल्ला खाेप समन्वय समितिका अध्यक्ष एव प्रमुख जिल्ला अधिकार श्रवण कुमार पाेख्ररेलले सुस्ता गाउँपालिका जिल्लाकाे पहिलाे रूपमा गाउँपालिकाकाे कोभिड १९ बिरुद्धको खोप पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन ।

खोप पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बाेल्दै पाेख्ररेलले कोभिडको समयमा स्वास्थ्यकर्मि एवम महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदान सराहनिय रहेको बताए ।“कोभिडको समयमा अन्य सबै घरभित्र बस्दा तपाईहरु फिल्डमा खटिनु भयो । तपाईहरुको परिवारको चिन्ता नलिदै जनताको सेवा गरेर समाजमा उदहारणिय काम गरेकाे प्रशंसा गरे ।
सुस्ता गाउँपालिकामा १२ वर्ष माथिका २७ हजार ७ सय ७३,रहेका छन । पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात २७ हजार ७ सय ७३ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य शाखाकी प्रमुख निर्मला कुशवा जानकारी दिईन।उनकाे अनुसार दोस्रो डोज २७ हजार ४ सय ८,खोज र खोप बाट ५ सय,दोस्रो डोजछुटेको ८ सय ५०सबै पुर्ण खाेप दिई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएकाे बताईन ।गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्वप्रकाश पाैडेलले पालिकालाई खोप पूर्ण खोप सुनिश्चित पालिका घोषणामा स्वास्थ्य स्वसेविकाहरूकाे महत्त्वपूर्ण याेगदान रहेकाे बताउदै तपाईहरुको यो कार्य गाउँपालिकाले कहिल्यै भुल्ने छैनन्” पाैडेलले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्वप्रकाश पाैडेललेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थी ,नेपाल पत्रकार महासंघका सहसचिव श्याम बुच्चामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave A Reply

Your email address will not be published.