Jilla Ban Notis

सुस्तामा बिजुली बत्ति बाल्ने तयारीपुरा भएपछि सुस्तावासी हर्षित ।(भिडियो सहित)

0 43

कृष्ण ढकाल
पश्चिम नवलपरासी,कार्तिक–१३
सुस्तामा बिजुली बत्ति बाल्ने तयारीपुरा भएपछि सुस्तावासी हर्षित भएका छन् । नेपाल–भारत सिमा विवादका कारणले चर्चामा आईरहने सुस्ता गाउँपालिका वडा नम्वर ५ मापर्ने सुस्ताबस्तीमा अहिले २ सय ६५ घर परिवार बसोवास गर्ने गरेका छन् ।

बिद्युत विस्तारको विकल्प नभएपछि सौर्य मिनिग्रिड परियोजना मार्फत पहिलो पटक बिजुली बत्ति बाल्ने तयारी भएपछि सुस्तावासी हर्षित भएका हुन । आफ्नै भुमिमा जानकालागि समेत भारतीय भु–भागको प्रयोग गर्नुपर्ने वा नारायणी नदीमा डुगाँको जोखीमपूर्णयात्रा गरेरमात्र जानसकिने सुस्तावस्तीमा टपसन ईनर्जी प्रा.लि.ले परियोजना निमार्णको काम सम्पन्न् गरेको हो । १ सय किलोवाट बिद्युत उत्पादनको क्षमता रहेको उक्त परियोजनाको गत कार्तिक ५ गते नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले शिलन्यास गर्नु भएको थियो ।
प्रद्यानमन्त्री के.पि शर्मा ओलीले सुस्ता उज्यालो परियोजनाप्रति चाँसो लिएका कारण दर्शै अघि नै सुस्ताबस्तीमा बिजुली बत्तिबाल्ने तयारी गरीएको तर कोभिड–१९ का कारण दर्शै लगत्तै समुद्घाटन गरीने सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भएको छ ।

सुस्तामा बिजुली उत्पादन भएसंगै अब त्यहांका स्थानियवासीहरुले दैनिक रुपमा प्रयोग गर्ने विद्युतिय उपकरणहरु लगाएत साना कुटीर उद्योगहरु प्नि सहजरुपमा संचालन गर्न सक्नेछन् ।
४ करोड ८० लाख ९५ हजार २ सय ६८ रुपैया कुललागत रहेको सो परियोजनामा बैकल्पिक सौर्य उर्जा प्रवर्दन केन्द्रको २ करोड ८८ लाख ५५ हजार ३ सय ६१ रुपैया,संघिय मामिला मन्त्रालयको तराई समृद्धि कार्यक्रमवाट १ करोड ७५ लाख र सुस्ता गाउँपालिकाको १७ लाख ३६ हजार ९ सय ७ रुपैया लगानी रहेको छ ।

Leave A Reply

Your email address will not be published.