Jilla Ban Notis

सुस्तामा गाडेको शव निकालेर प्रहरीले अनुसन्धान शुरु गर्यो।

0 22

बर्दघाट,जेष्ठ–१३
सुस्ता गाउंपालिका वडा नम्बर ३ रेवामा गाडेको शव निकालेर प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । १४ वर्षीया किशोरी धनेश्वरी बिनको शव निकालेर प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरीले अनुसन्धानका लागि मृतक बिनका आमा बाबु र दाजुलार्ई नियन्त्रणमा लिएको जनाएको छ । छिमेकिका अनुसार मृतक किशोरीको आईतबार झगडा भएको बताईएको छ । सोही राति कसैलाई थाहा नदिई परिवारले शव नारायणी नदि किनारामा गाडेका कारण हत्यागरी गाडेको हुन सक्ने आशंका गरीएको हो । यता परिवारले भने धनेश्वरी बिन भुईमा लडेर बान्ता गर्न थालेपछि विष सेवन गरेको आशंकामा साबुनपानी खुवाएर अस्पातल लाने क्रममा बाटोमै मृत्यु भएको बताएको प्रहरीले जनाएको छ । तर विष सेवन गरेर मृत्यु भएको हो वा होईन भन्ने बारे भने अनुसन्धान भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.