Jilla Ban Notis

सुर्य गंगा बचत तथा ऋण सहकारी सस्थाको बार्षिक साधारण सभा सम्पन्न

0 55

बर्दघाट,पौष–२४
रामु भुसाल
सुर्य गंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ४ बाढिपिडितको १५ औँ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष जनक बहादुर रावलको अध्यक्षता तथा सस्थाका निर्वतमान अध्यक्ष हरि रञ्जन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथि पौडेलले सहकारीले यस क्षेत्रमा बसोबास गर्ने मानिहरुको जिविको पार्जनमा सहजता ल्याउन अहम भुमिका निर्वाह गरिरहेको बताउदै सहकारीमा आबद्ध हुदा आफ्नो पैसाको आम्दानीआफै संग आउने भएकोले सहकारी रोज्न आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बर्दघाट सहकारी शाखा प्रमुख कृष्ण मरासिनी, सस्थाकी सल्लाहकार लक्ष्मी शर्मा, गणेश पाठक, ओम बहादुर कार्की, केयर सिंह गौतम, डिलाराम चालिसे लगाएतले मन्तब्य राख्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष रावलले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने लेखाप्रतिबेदन लेखा समयोजक मोहन सापकोटाले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सस्थाका कोषाध्यक्ष कमला लम्सालले आय ब्यय विवरण प्रस्तुत गर्दै हाल सम्म ३ करोड ४ लाख ३० हजार बराबरको आर्थिक कारोबार गरेकोमा सस्थाले ६ लाख १० हजार शुद्ध नाफा गर्न सफल भएको बताउनुभएको थियो ।
कार्यक्रमा सस्थाको बर्षिक तथा आगामी बर्षको निति तथा कार्यक्रम सचिब अर्जुन पौडेलले प्रस्तुत गनु भएको थियो सो अवसरमा सस्थामा उत्कृष्ट सेयर बचत कर्ता, मासिक बचत कर्ता, बाल बचत कर्ता, ऋण तथा कर्जा कारोबारी लगायतलाई १३ जना लाई सम्मान पुरस्कृत गरेको थियो । सस्थाकी उपाध्यक्ष सिर्जना आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव अर्जून पौडेलले गर्नुभएको थियो ।
२०६० सालमा स्थापनाभएको यस सस्थामा हाल ५ सय ८१ जना शेयर सदस्यहरु आबद्ध छन ।

Leave A Reply

Your email address will not be published.