Jilla Ban Notis

सुर्यनगर गोल्डकप : तेस्रो दिनको खेलमा रुपन्देहीले हात पार्यो जित ।

0 33

मुक्ती तिवारि
बर्दघाट , माघ २७
बर्दघाट नगरपालिकाको संरक्षकत्व एवम् नवयुवा क्लब बर्दघाट-१६ को आयोजनामा सन्चालित पाचौ सस्करणको सुर्यनगर गोल्डकप(फुटबल प्रतियोगिता)को तेस्रो दिन सोमबार भएको खेलमा फर्साटिकर एफ सि रुपन्देही ले जित हात पारेको छ। २-२ गोलले खेल बराबरिमा पुगेपछी पेनाल्टी सुटाउट मार्फत अभिषेक चर्च नवलपुरलाई ५ का बिरुद्ध ७ गोलान्तरले पछि पार्दै फर्साटिकर एफ सि ले जित हात पारेको हो। खेलको पहिलो हाफको सुरुमै नवलपुरले १ गोल गरे पश्चात् फर्साटिकर रुपन्देहिले समेत पहिलो हाफ मै २ गोल गरेको थियो।त्यसै गरि खेलको दोस्रो हाफ पछि थप गरिएको समयमा अभिषेक चर्च नवलपुरले अर्को गोल गरेपछी २-२ गोलले खेल बराबरिमा पुगेको थियो।  खेल को अन्तिम समयमा  २-२ गोलले दुबै टिम बराबरिमा पुगेपछी ट्राईबेकर(पेनाल्टी सुटाउट)मा फर्साटिकर एफ सि ले ५ गोल र नवलपुरले ३ गोल गरेपछी ७-५ को गोलान्तरले रुपन्देहिले जित हात पार्न सफल भएको हो। दुबै टिम को खेल निकै प्रतिस्पर्धात्मक र रोमान्चक रहेको दर्शकहरुले बाताएका थिए।यसै गरि आजको खेलमा  निकै नै उत्कृष्ट बचाउ गरेका फर्साटिकर एफ सि का गोलरक्षकले म्यान अफ द म्याचको उपाधी हात पारेका थिए।  निकै स्वहार्द र शान्त बाताबरणमा खेल सन्चालन भैरहेकाले खेल अवलोकन गर्ने सम्पुर्ण दर्शक हरुले समेत भरपुर मनोरञ्जन लिएको नव युवा क्लबका अध्यक्ष भिमकाजी गुरुङले बताउनु भएको थियो।

Leave A Reply

Your email address will not be published.