Jilla Ban Notis

सुर्यगंगा बचत तथा ऋण सहकारी संस्थामा रक्तदान कार्यक्रम सम्पन्न् ।

0 126

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१६

सुर्यगंगा वचत तथा ऋण सहकारी संस्था ,बर्दघाट–४ बाढिपिडीतले आफ्नो १७ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ । आज संस्थाको प्राङ्गणमा एक विषेश कार्यक्रमको आयोजनागरी रक्तदान कार्यक्रम ,संस्थाको भित्तेपात्रो विमोचन एवं होली मिलन कार्यक्रम सम्पन्न् गरेको हो ।

संस्थाका संस्थापक अध्यक्ष शिद्धिविलास हमाल देखि बर्तमान अध्यक्ष जनक बहादुर रावल सम्मका अध्यक्षहरु ,बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष रविन्द्र विक्रम हमाल,स्थानिय समाज सेवी लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न् गरीएको थियो ।

कार्यक्रममा सामुहिक भित्तेपात्रो विमोचन एवं होली मिलन कार्यक्रम गरीएको थियो । आज भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष जनक बहादुर रावलले जानकारी दिनुभएको छ ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी परासीको प्राविधिक सहयोग रहेको संस्थाका लेखा समिति संयोजक एवं कार्यक्रम संचालक मोहन सापकोटाले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.