Jilla Ban Notis

सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमनका लागी सरोकालवालाहरु सगं अभिमुखिकरण कार्यक्रम सम्पन्न् ।

0 57

बर्दघाट,फागुन–१३
सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमनका लागी सरोकालवालाहरु सगं अभिमुखिकरण कार्यक्रम बर्दघाटमा सम्पन्न् भएको छ । बर्दघाट बजार बिकास समिती बर्दघाटको आयोजना र बर्दघाट नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न् भएको हो । बजार बिकास समितीका अध्यक्ष शोभाकान्त कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले सुर्ती जन्य पदार्थ नियमनका लागी बनेको ऐनका बारेमा जानकारी गराउनु भएको थियो । बर्दघाट नगरमा सुर्ती जन्य पदार्थ बिर्की वितरण तथा नियमन गर्न अभियान संचालन गर्नका लागि बर्दघाट वडा नं ४ मा किराना ब्यवसाय गरी बसेका ब्यवसायीहरुसंग सो कार्यक्रमको शुरुवाद गरीएको बताईएको छ । समितीका उपाध्यक्ष सुर्य हिताङ्गको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन समितीका सचिव विष्णु पराजुलीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.