Sarawal sit lahar Notis

सुरक्षित बैदेशिक रोजगारीको सवालमा अन्र्तकृया कार्यक्रम सम्पन्न

0 34

रामु भुषाल
असार–११
सामि परियोजनाको आयोजनामा शुक्रबार पत्रकारहरु संग सुरक्षित बैदेशिक रोजगारीको सवालमा अन्र्तकृया कार्यक्रम परासीमा सम्पन्न भएको छ । ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरद्धारा सञ्चालित सामि परियोजनाका वारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरीएको थियो ।

नेपाल सरकार र स्वीस सरकार बीचको दुई पक्षिय समझौता हेल्भेटास नेपालको प्राविधिक सहयोगमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारको नेतृत्वमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर द्धारा सञ्चालित सामि परियोजनाका वारेमा जानकारी दिने कार्यक्रम मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता एवं नगरका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीको विशिष्ट र नेपाल पत्रकार महासंघका जिल्ला सचिव राज कुमार रेश्मीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले जिल्लामा सामि परियोजनाले उत्कृष्ट कार्य गरेकोब बताउदै सुचनालाई अझ जनस्तर सम्म पुर्याई प्रभावकारी बनाउनुपर्ने र सो का लागी स्थानिय सरकार समन्वय गर्न तयार रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बैदेशिक रोजगारीको वर्तमान अवस्था, कोभिड सन्दर्भ सहित चुनौती र सामि परियोजनाका बारेमा हेल्भेटासका प्रदेश समयोजक ले सहजिकरण गर्नुभएको थियो भने सरक्षित बैदेशिक रोजगार सम्बन्धी सविंधान, स्थानिय सरकारको सञ्चालन एैन र पन्ध्रौ योजनामा भएका ब्यवस्थाहरु साथै स्थानिय सरकरको प्रामिकताहरुका बारेमा नगरका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले सहजिकरण गनुर््भएको थियो ।
जिल्लाको गतिविधि र सामि परियोजना उपलब्धीका बारेमा परियोजनाका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारीले प्रस्तुत गर्दै यस आर्थिक बर्षमा आप्रवासि श्रोत केन्द्र पश्चिम नवलपरासीमा बैदेशिक रोजगार स्म्बन्धी १ सय ८३ समस्याका उजुरीहरु आएको र सो मध्य १ सय ५२ उजुरीहरु समाधान भएको र यस आर्थिक बर्षमा जिल्लामा बैदेशिक रोजगारबाट प्रभावितहरुले ४ करोड ६४लाख ७८ हजार रकम प्राप्त गरेका छन भने ८८ जनाले मनोसमाजिक परामर्श लिएको साथै ४ सय १४ जनाले वित्ति साक्षरता कार्यक्रम सेवा लिएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै प्रतिबेदनमा आप्रवासी श्रोत केन्द्रबाट २ हजार ८ सय ४० जना र रिटर्नी स्वयं सेवकद्धारा ८ हजार २ सय ४० जनाले सुचना प्राप्त गरेका छन । सो कार्यक्रममा मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीले स्वागत मन्तब्य राख्दै परियोजनाले सुचनामा पहुच, सिप तालिमका लागी सहजिकरण, न्यायमा सहजिकरण, मनोसमाजिक परामर्शमा सिफासि र वित्तितय साक्षरता सम्बन्धी जानकारी दिने उदेश्यका साथ मञ्चले विगत ५ बर्ष देखी काम गर्दै आइहरेको बताउदै सो कार्यमा पत्रकारहरुले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
सो अवसरमा सहभागि पत्रकारहरुले जिज्ञासा राखेको कार्यक्रमको सञ्चालन परियोजनाका मनोसमाजिक परामर्शदाता सुमित्रा चौधरीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.