Jilla Ban Notis

सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिकका लागि संचालन गरेको नि शुल्क स्वास्थ्य शिबिर सम्पन्न ।

 स्वास्थ्य शिबिरबाट ६७१ जना जेष्ठ नागरिक लाभान्वित ।

0 44

पुजा लम्साल

सुनवल,पुस ३
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ७० बर्ष उमेर पुगेका सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिकका लागि संचालन गरेको एक हप्ते नि शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । मंसिर २६ गते देखि सुरु भएको उक्त स्वास्थ्य शिबिर नगरका १३ वटै वडामा संचालन गरि पुष २ गते समापन गरिएको हो । शिबिरबाट नगरका ३ सय ५० महिला र ३सय १९ पुरुष गरि जम्मा ६सय ७१ जना जेष्ठ नागरिक लाभान्वित भएका छन् । उनिहरुले नगरपालिकाले जेष्ठनागरिकका लागि संचालन गरेको यस किसिमको शिबिरले आफुहरुलाई धेरै सहयोग गरेको भन्दै धन्यबाद व्यक्त गरेका थिए । प्रत्येक चौमासिकमा नगरपालिकाको नियमित स्वास्थ्य कार्यक्रम अन्र्तगत नगरका सवै वडामा यस किसिमका शिबिरको आयोजना गर्दै आएको नगरपालिकाका सिनियर अहेव अधिकृत चुरामणि नेपालले जानकारी दिनुभयो ।  उक्त स्वास्थ्य परिक्षण शिबिरबाट अधिकांश दम ,बाथ, ग्याष्ट्राईटिस, उच्च रक्तचाप, महुमेहका बिरामी भेटिएका छन् । साथै चिसो मौसम सुरु भएकाले रुघाखोकिका बिरामी पनि भेटिएको नेपालले जानकारी दिनुभयो । उनिहरुलाई निसुल्क रुपमा औषधि समेत बितरण गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नियमित शारिरिक व्यायाम गर्न र खानपानमा सचेत चिकित्सकले सुझाव दिएका छन् । शिबिरमा मेरिटेड अस्पताल बुटवलका डा।रोशन पौडेल र देवदह मेडिकल कलेल भलुहिका डा।आयुष पौडेल लगायत सुनवल नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.