Jilla Ban Notis

सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था,बुटवलद्धारा राहत वितरण ।

0 35

राजकुमार भट्टराई
बुटवल,चैत्र–२४
सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था,बुटवल ६ सुन्दरनगरले आफ्नो सेवा क्षेत्र भित्रका उपभोक्ताहरु मध्ये ज्याला मजदुरी तथा बिपन्न वर्गलाई लक्षीत गरी राहत वितरण गरेको छ । वडाकार्यालयसंगको समन्वयमा सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था आफैले आफ्नो सेवा क्षेत्र भित्रका ५ सय ५० घर धुरी उपभोक्ताहरुलाई राहत वितरण गरेको संस्थाका अध्यक्ष तथा वडा सदस्य विरमान लामाले जानकारी दिनु भएको छ । संस्थाले सुन्दरनगर र न्यू शान्तिनगरका अति विपन्न घरपरिवारलाई राहात बितरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.