Jilla Ban Notis

सुनवल ६ तिलकनामा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको बुधवारको खेलमा बुद्ध युवा क्लव भूपु बिजय ।

, बिहीबारको सेमिफाइनल देविनगर युवा क्लव रुपन्देही र जनज्योति युवा क्लब हर्दिया २ बिच प्रतिष्पर्धा

0 35

अमृता सुनार

सुनवल ,माघ १५
पश्चिम नवलपरासीको सुनवल ६ तिलकनामा जारी प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिताको आजको खेलमा बुद्ध युवा क्लव भूपु बिजय भएको छ ।  तिलकना युवा क्लव सुनवल ६ को आयोजनामा गत पुष २५ गते देखि तिलकना प्राबिको खेल मैदानमा संचालन भइरहेको फुटवल प्रतियोगिताको आज डाफे मुनाल युवा क्लव लाई  २–१  गोल अन्तरले बुद्ध युवा क्लव भूपू बिजय भएको आयोजकले जनाएको छ ।  यसैगरि आजको खेलमा जर्सि नं २० का गोल किपर एलिस मगर म्यान अफ द म्याच घोषित भएका छन् ।  यसैगरि भोलि दिउसो ३ बज हुने सेमिफाइनल खेलमा देविनगर युवा क्लव रुपन्देही र जनज्योति युवा क्लब हर्दिया २ बिच प्रतिष्पर्धा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद रु २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave A Reply

Your email address will not be published.