Jilla Ban Notis

सुनवल युनाईटेड सेकेण्डरी स्कूल ,सुनवलमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न् ।

0 51

कृष्ण ढकाल
बर्दघाट,माघ–२८
नवलपरासीको सुनवलमा रहेको सुनवल युनाईटेड सेकेण्डरी स्कूल ,सुनवल–४ रमवापुरले आज अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न् गरेको छ ।
विद्यालय संचालक तथा प्रिन्सीपल धनराज चापागाईको अध्यक्षता र सुनवल नगरपालिका वडा नं.–४ का वडाध्यक्ष बिर बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो।

अभिभावक अभिमुखिकरण कार्यक्रमको समुद्घाटनका क्रममा वडाध्यक्ष गुरुङ्गले सुनवल यूनाईटेड पछिल्लो समयमा शैक्षिक तथा भौतिक रुपमा मात्र नभै गुणस्तरीय शिक्षा प्रदान गर्ने एउटा उदाहरणीय संस्थाका रुपमा स्थापित भएको बताउनु भएको छ । उहांले सुनवल नगरका अन्य विद्यालयहरुको तुलनामा सुनवल यूनाईटेडले अहिले आफ्नो भौतिक पक्षसंगै सामाजिक पक्षमा र जिल्लाका अन्य विद्यालयहरुसंग प्रतिष्पर्दा गर्दापनि अब्बल विद्यालयका रुपमा आफुलाई परिचित बनाउन सफल भएकोमा धन्वयाद समेत दिनु भएको थियो ।

विद्यालयकी शिक्षिका समज्ञा अधिकारीको स्वागत मन्तब्यवाट शुरु भएको उक्त कार्यक्रमको संचालन कक्षा १० की विद्यार्थी सरीता थापाले गरेकी थिईन् भने कार्यक्रममा कस्मीक वल्ड नेपालका कार्यकारी निर्देशक डि.आर. पराजुली म्याग्नेट ले विद्यालयका अभिभावकहरुलाई विद्यार्थी र अभिभावक विचको ब्यवहारका वारेमा जानकारी गराउनु भएको थियो ।

सुनवल युनाईटेड सेकेण्डरी स्कूलको वार्षीक कार्ययोजना अनुसार विद्यालयका बिद्यार्थीका अभिभावकहरुसंग विद्यालय र अभिभावक तथा विद्यार्थीहरु विचको सम्वन्ध र गर्नु पर्ने कार्यका वारेमा जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.