Jilla Ban Notis

सुनवल नगर बालसंजालले किशोरी शशक्तिकरण बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने ।

0 36

कृष्ण ढकाल

बर्दघाट,असोज–२३

अन्तराष्ट्रि बालिका दिवस २०२० को अवसरमा सुनवल नगर बाल संजालले किशोरी शशक्तिकरण बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेपालको पहिलो बाल मैत्री नगरपालिकाका रुपमा रहेको सुनवल नगरपालिकामा क्रियासिल नगरबाल संजालले कन्सोर्टियम नेपाल,वेद सृजनसिल संस्था र नारीको लागि उपहार संस्थाहरुसंग सहकार्यगरी  किशोरी शशक्तिकरण बिषयक भर्चुअल अन्तरक्रिया  कार्यक्रम गर्न लागेको नगर बालसंजालका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताएका छन् । भर्चुअल कार्यक्रम यहि असोज २५ गते आईतवार दिउसो १ः३० बजे गर्नेगरी तयारी गरीएको छ ।

सुनवल नगरपालिकाको अर्थिक सहयोगमा संचालन गर्न लागिएको सो भर्चुअल अन्तत्र्रिmया कार्यक्रममा नेपालका बिभिन्न स्थानवाट बाल अधिकार कर्मीहरुको सहभागिता रहने बताईएको छ । कार्यक्रममा विषेशगरी बालिकामाथि हुने बलत्कारको कारण,न्यूनिकरणको प्रयास र अपनाउनु पर्नेसावधानीका साथै, ईन्टरनेटले बालिकाहरुलाई पारेको नकरात्कम प्रभाव र अहिले बालिकाहरुको अवस्था लगाएतका विषयमा किशोरी शशक्तिकरण बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम केन्द्रीत रहने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.