Jilla Ban Notis

सुनवल नगरपालिका वडा नम्बर १ मा अपांगता परिचय पत्र बितरण

0 29

उर्मिला यादव

सुनवल,माघ २०

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुलाइ बितरण हुदै आएको परिचय पत्र आइतबार सुनवल नगरपालिकाको वडा नम्बर १ मा एक कार्यक्रमको आयोजना गरी बितरण गरीएको छ । वडा नम्बर १ का वडा अध्यक्ष बिन प्रसाद बुढाथोकीको अध्यक्षता तथा सुनवल नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आथित्यतामा वडा नम्बर १मा अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गरीएको हो । सुनवल नगरपालिकाको आयोजनामा ४ वर्गमा बितरण गरीएको सो परिचय पत्र क वर्गमा ८ जना, ख बर्गमा २७ जना, ग बर्गमा ११ जना गरी ४६ जना अपांगता भएका ब्यक्तिहरुलाइ परिचय पत्र बितरण गरीएको सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले जानकारी दिनु भएको छ । कार्यक्रममा सुनवल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ , सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरे, जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका प्रमुख मोहम्मद नुरुल होदा , अपांग समन्वय समितीका सदस्यहरु राधा सापकोटा , फुलमाया चापागाइ , एवम वडा नम्बर १ का जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो । नगरबासिलाई सहज र सुलभ तरिकाले सेवा दिने उदेश्यले प्रत्येक वडामा परिचय पत्र बितरण शिबिर राखिएको नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.