Jilla Ban Notis

सुनवलमा नरमति तथा रुकबहादुर स्मृति खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु । 

0 15

पुजा लम्साल,

सुनवल,पुस २

पश्चिम नवलपरासीको सुनवलमा आजदेखि नरमति तथा रुकबहादुर स्मृति खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । तमु समाज सुनवल वडा नं १०को आयोजनामा गैडाखालको खेलमैदानमा सुरु भएको यस फुटवल प्रतियोगिता पुष २२ गते सम्म संचालन हुने छ । आज एक कार्यक्रमका बिच सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको समुद्घाटन गर्दै प्रमुख अतिथि थापाले खेलाडीको मनोबल उच्च गरि काम गर्न सकेमात्र राष्ट्रको नाम राख्न सकिने बताउनुभयो ।  उहाले खेलाडी रहे मात्र खेल रहनेमा जोड दिनुभयो । प्रतिकुल मौसमका बाबजुद पनि कार्यक्रममा सहभागि भएकोमा उपस्थित खेलपे्रमीलाई धन्यबाद दिनुभएको थियो ।  समाजका अध्यक्ष मनु गुरुगंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य धनेश्वर कवर, नेपालि कांगे्रस सुनवल नगर सभापति सोम बहादुर रायमाजि , इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख बलराम गिरी, बिभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानियबासि, खेलपे्रमि लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ । आज सुर्य ज्योति युवा क्लव सुनवल ८ र संगम ब्रदर्श युवा क्लव मगरमुढा बिच भएको पहिलो समुद्घाटन खेलमा २ का बिरुद्ध ३ गोलले  सुर्य ज्योति युवा क्लव बिजय भएको छ । यसैगरि भोलि बिहिबार किर्तिपुर युवाक्लव सुनवल ३ र युनिट फाइप यफ सि बनकट्टि बिच दिउसो २ बजे प्रतिस्पर्धा हुदै छ । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमश नगद रु ५०हजार ५सय ५५ र रु  ३३ हजार ३ सय ३३ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.